हजार सपना र मनमाया


प्रकाशित मिति :2018-04-24 17:06:05

-विमला तुम्खेवा-

यो बाटोको अन्तिम विन्दु
यो आकाशको क्षितिज
र,
उसले कुल्चिएर गएको पाईतलाको खत
कसरी हरायो
कतै, समुद्रको तुफान भएर

पीरले पोतिएको उसको कालो अनुहार
पृथ्वीको कुन सिमामा पर्छ ?
सपनाको निख्खर सेतो घोडा चढेर हुत्तिएकी थिई
तुफान जस्तो जंगलका यी चोर बाटाहरूमा
हिजो जस्तो केही छैन
लोग्नेको मृत्युसँगै
आफ्नो भन्नु ट्यारलाङीनको रातो साडी छ
जसलाई
जतनसाथ राखेकी छे काठको पुरानो बाकसमा
धर्ममा बाँधिएर कसरी मानिस दास बन्छ
र,
पुरै–पुरै जीवन स्मृति जस्तो
लोग्नेको धुमिल तस्वीर हेर्दै बितेर जान्छ
उसको अस्तित्व भनौं
उसले हेर्ने आकाश
आर्मी नम्बर २११५०३१७ गोर्खा इन्जिनियरको बिधुवा पत्नी
मनमाया लिम्बु
मुलढोकाको शिरमा सजिएको केही पुरानो तक्मा
अब, उसको आॅखाको क्षितिज भएको छ

विमला तुम्खेवा

रातो सिन्दुरसँगै
उसको आफ्नो छुट्टै पहिचान छैन
सायद,
सपना देख्ने हक पनि छैन
तर,
कालो सागरजस्तो
कालो जीवन भोगेर
कसरी उभिरही ऊ एक्लै यो ठाउँमा
छातीमा दोस्रो विश्वयुद्धको पुयानो चोट लिएर
कसरी बाँची यस समयसम्म ?
उसको पीरले पोतिएको यो वन जंगल
पृथ्वीको कुन सिमामा पर्छ ?

भन्छे
यो मन पत्थर भैसकेको छ
तर, यस धर्तीमा पहिलोपल्ट पाउ राख्दा
कसैको सपनाको सुन्दर छोरी थिई
र,
जीवनको साठी बर्ष
आर्मी नम्बर २११५०३१७गोर्खा इन्जिनियरको बिधुवा पत्नी भएर बिताई

जवाफ देउ
जवाफ देउ, उसको पीरको
जवाफ देउ उसले भोग्न नपाउँदै गुज्रिएर गएको जवानीको
उसको रहरलाग्दो सपना
पग्लिएर कसरी अरूण बग्यो यो पहाडको खोचमा ?
धेरै प्रश्नहरू उसलाई पछ्याउँदै टक्क अडिएको छ
र,
मनमाया उभिएकी छे
यो राज्य व्यवस्थाको अघि
यो आकाशको मुनि
कहिल्यै नसकिने प्रश्नै प्रश्न भएर ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: