खोजी पत्रकारिता प्रोत्साहन सम्मान भट्टराईलाई


प्रकाशित मिति :2018-04-25 10:58:53

—महिला खबर—

ललितपुर । बारबरा एडम्स खोजी पत्रकारिता प्रोत्साहन सम्मान महिला खबर अनलाइनका संवाददाता कल्पना भट्टराईलाई प्रदान गरिएको छ ।
‘बारबरा एडम्स खोजी पत्रकारिता प्रोत्साहन सम्मान’–२०१७ महिला खबर अनलाइनका संवाददाता कल्पना भट्टराईलाई प्रदान गरिएको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवले भट्टराईलाई ‘बारबरा एडम्स खोजी पत्रकारिता प्रोत्साहन सम्मान’ प्रदान गरेका हुन् । पुरस्कारको राशी १० हजार एक रुपैया रहेको छ ।

बारबरा फाउन्डेसनले यस वर्षदेखि सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । निर्णायक समितिको सिफारिस बमोजिम छनौटमा परेका उत्कृष्ट ५ रिपोर्टहरु मध्येबाट प्रोत्साहन सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।

सो सम्मानका लागि ‘क्रसर डनको दबदबा’ शीर्षकको खोजी रिपोर्ट छनौटमा परेको थियो ।

त्यसै गरि ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान’–२०१७ बाट नागरिक दैनिकका दिलिप पौडेललाई प्रदान गरिएको छ । पौडेललाई प्रदान गरिएको पुरस्कारको राशी एक लाख १ रुपैयाँ रहेको छ ।

नेपालको खोजी पत्रकारितामा योगदान पुर्‍याएबापत सो सम्मान प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष प्रा. डा. सन्दुक रुइतले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: