दुई हजार बहत्तर सालमा आयो ठूलो भूकम्प नेपालमा
बाह्र बज्न चार मिनेट शनिबारको दिन
रहर थियो धरहरा चढी शहर हेर्न
उक्ले जनता शहर हेर्नलाई, पापी कम्पन आईदियो लानलाई ।

सावित्री श्रेष्ठ
कति घर लडे यहाँ, कति मानिस मरे
बुढाबुढी बालबच्चा पनि धेरै परे
बैसाख बाह्र नेपालै हल्लियो, दुःखी खबर देश\विदेश फैलियो ।
ओत लाग्ने छैन छानो, न त खाने मानो
चिसो भुईँमा सत्नुपर्छ छैन कतै न्यानो
दुर्भाग्यवस त्यो दिन आयो, विपना पनि सपना झैँ भईदियो ।
पाँच महिनाको बच्चा अनि एक सय पचासकी आमा
जिउँदै उद्धार भए तिनको विदेशी सहयोगमा
गरे उद्धार विदेशी आएर, सेना पुलिस एक साथ भएर ।
२०७२ बैसाख २४
Comment Here!