महिलाको लात्ती प्रहारबाट बलात्कार प्रयास गर्नेको मृत्यु, के हुन्छ कारबाही ?


प्रकाशित मिति :2018-04-25 13:25:56

–महिला खबर–
ललितपुर । बलात्कारको प्रयास गर्ने पुरुषको अन्डकोषमा महिलाले लात्ती हिर्काउँदा दाङमा एकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१५ का ६४ वर्षीय रोबरबहादुर खत्रीको अन्डकोषमा महिलाले लात्ती प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएको हो ।

वैशाख ९ गते आइतबार बिहान उज्यालो नहुँदै तिर्खा लागेको बहानामा पानी खाने निहुमा रोबरबहादुर ती महिलाको घरमा गएका थिए । त्यही क्रममा खत्रीले आफूलाई बलात्कार प्रयास गरेपछि आवेगमा आएर उनको अण्डकोषमा जोरले लात्ती प्रहार गर्दा उनको मृत्यु भएको बयान महिलाले प्रहरीलाई दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रकाश सापकोटाले महिला खबरलाई बताए ।

यता मृतक खत्रीका परिवारले भने हत्या भएको भन्दै कर्तव्य ज्यान अन्तरगत जाहेरी दिएपछि प्रहरीले ती महिलालाई हिरासतमा राखेको छ । मृतकका परिवारले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि महिलालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको पनि डीएसपी सापकोटाले बताए ।
प्राप्त जानकारी अनुसार महिलाका श्रीमान चार महिना अघि मात्रै रोजगारीको सिलसिलामा विदेश गएका थिए । उनका १२ वर्ष मुनिका ती छोराछोरी छन् ।

मुलुकी ऐनले महिलाले बलात्कारी वा बलात्कारको प्रयास गर्ने व्यक्तिलाई घटनास्थलमै वा घटनाको एक घण्टाभित्रै ज्यान मारेको खण्डमा महिलाको सतित्व रक्षाका लागि भन्दै दोष नलाग्ने छुट दिएको छ ।

मुलुकी ऐन जवर्जस्ती करणी महलको ८ नं. मा भनिएको छ, ‘आफूलाई जबर्जस्ती करणी गर्ने मनसाय लिई उद्योग गरी हातपात, छेकथुन, बाँध छाँद इत्यादि जोरजुलुम गर्न लाग्यो र त्यसबखत कराई गुहार मागी वा अरू केही उद्योग गरी त्यस्तो जुल्मीको पन्जाबाट उम्की भागी आफ्नो धर्म बचाउँन नसक्ने अवस्था परी त्यस्ता जुल्मीलाई आफ्ना अक्कल वर्कतले सक्नेसम्मका कुरा केही नगरे आफनो धर्म नष्ट हुनेसम्मको ठूलो डर त्रास परी करणी लिन नपाउँदै वा उसै बखत आफ्नो जोडबल पुग्न नसक्नेमा करणी लीसकेपछि पनि सोही कुराको रीस थाम्न नसकी उसै बखत करणी लिएकै थलामा वा त्यहीदेखि लपेट्दै गई तत्काल हतियार, लाठो, ढुङ्गा इत्यादि केही चलाई ज्यान मर्न गएको ठहरे बात लाग्दैन ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: