लैगिक हिंसा विरुद्ध श्रीमती संघ


प्रकाशित मिति :2018-04-25 16:04:41

– सृजना अर्याल –

ललितपुर । निजामती कर्मचारीका श्रीमतीहरु लैंगिक हिंसा न्यूनिकरणको सचेतना अभियानमा लागेका छन् । उनीहरुले लैंगिक हिंसा विरुद्धको सचेतना कार्यक्रम गरेर हिंसा न्यूनिकरण अभियान थालेका हुन् ।

संघका अध्यक्ष चन्द्रकला रेग्मीका अनुसार संघले ७ वटै प्रदेशमा लैंगिक हिंसा निवारण कार्यक्रम गरेको हो । उनका अनुसार लैंगिक हिंसाबारे सबै वर्गमा सचेतना जगाउन सचेतना अभियान गरिएको हो ।

अभियान अन्तर्गत मंगलबार काठमाडौंमा एक कार्यक्रम गरिएको छ । कार्यक्रममा छोरीलाई अंशको अधिकार कसरी कार्यान्वयन गर्ने, हिंसा भएमा तत्काल उजुरी गर्न महिलालाई कसरी उत्प्रेरणा दिने लगायतका बारेमा छलफल भएको थियो ।

एड्भोकेसी फोरमकी अध्यक्ष बबिता बस्नेतले कार्यक्रमको सहजीकरण गरेकी थिईन् । उनले लैंगिक असमानता हटाउन लगातारको खबरदारी आवश्यक रहेको बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: