संचारिका कोषाध्यक्ष यशोदालाई ‘दीपज्योति सम्मान’


प्रकाशित मिति :2018-04-27 10:56:31

–महिला खबर–

ललितपुर । संचारिका समूहका कोषाध्यक्ष एवं क्रियाशील पत्रकार यशोदा अधिकारीलाई ‘दीपज्योति सम्मान’ प्रदान गरिने भएको छ । दुई दशकदेखि पत्रकारितामा आवद्ध उनी रेडियो नेपालमा कार्यरत छिन् ।

यस्तै भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा तीन दशकदेखि निरन्तर कलम चलाइरहेका रत्नप्रसाद श्रेष्ठ ‘अनामणि’ लाई पनि यही सम्मानबाट सम्मानित गरिदै छ ।

दीपज्योति आवासीय माध्यामिक विद्यालय गोंगबु काठमाडौंले श्रेष्ठ र अधिकारीलाई सम्मान गर्न लागेको हो ।

विद्यालयले भाषा, साहित्य, कला र सामाजिक जीवनका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने दुईजनालाई ११ वर्षदेखि ‘दीपज्योति सम्मान’ प्रदान गर्दै आएको छ ।

भाषा, साहित्य र कलाको श्रीवृद्धिको लागि स्थापना कालदेखि नै निरन्तर लागि परेको विद्यालयले २०४८ सालदेखि ‘ज्ञानसिन्धु’ वार्षिक र २०६२ सालदेखि ‘दीपज्योति आवाज’ मानिस नियमित रूपमा प्रकाशन गर्दै आएको जनाएको छ ।

यस सम्मानबाट हालसम्म साहित्यकार मोदनाथ प्रश्रित, प्रा.डा. गार्गी शर्मा, गीता केशरी, माया ठकुरी, डा.शैलेन्दुप्रकाश नेपाल, डा.सत्यराज थपलिया, दामोदर पुडासैनी ‘किशोर’, नरेन्द्रराज प्रसाई, प्रभा भट्टराई, मणि लोहनी लगायत १४ जना साहित्य साधकहरू सम्मानित भइसकेको विद्यालयलको विज्ञप्तिमा उल्लेख छ ।

यस वर्षको सम्मान यही वैशाख २२ गते वसन्त काव्यगोष्ठीको आयोजनासहित प्रदान गरिने जनाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: