युवतीलाई यौन व्यवसाय गर्न बाध्य पार्नेलाई बेचबिखन मुद्दा


प्रकाशित मिति :2018-04-27 11:44:24

—महिला खबर—

ललितपुर । यौन व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ परेका सुनवलका देवबहादुर थापा मगरलाई प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारमा मुद्दा चलाएको छ ।

सुनवल १२ भुमहीस्थित त्रिदेव रेष्टुरेण्ट एण्ड बारका सञ्चालक ४६ वर्षीय देवबहादुर थापा मगरलाई प्रहरीले यौन व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ गरेको थियो ।

रेष्टुरेण्टमा यौन व्यवसाय सञ्चालन भईरहेको स्थानीयवासीले खबर गरेपछि प्रहरीले यही बैशाख ८ गते छापा हानेको थियो ।

रेष्टुरेण्टबाट ठूलो परिमाणमा परिवार नियोजनका अस्थायी साधनहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

कामदारको रुपमा रहेका तीन जना युवतीलाई यौन व्यवसाय गर्न बाध्य पारेकाले रेष्टुरेण्टका संचालक विरुद्ध मानव बेचविखन तथा ओसारपोसार ऐन अनुसार मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँडले महिला खबरलाई बताए ।

पक्राउ परेका थापा विरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनकी श्रीमती ३६ वर्षीया यमुना गुरुङ भने फरार रहेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: