गर्भवतीे हत्याको एक सातापछि मात्रै जाहेरी दर्ता


प्रकाशित मिति :2018-04-27 14:12:59

-महिला खबर –

ललितपुर । धनुषाकी अञ्जली दासको गर्भमा छोरी भएको थाहा भएपछि श्रीमानले हत्या गरेको भन्दै माइतीले दिएको जाहेरी प्रहरीले एकसाता पछि मात्रै दर्ता गरेको छ ।

धनुषाको सबैला नगरपालिका १ बस्ने अञ्जली दासको श्रीमानले हत्या गरेको भनी आमा ज्ञानीदेवी साहले दिएको उजुरी प्रहरीले एक सातापछि दर्ता गरेको हो ।

६ महिनाकी गर्भवती अञ्जली गएकोे बैशाख ७ गते झुण्डिएको अवस्थामा आफ्नै घरमा मृत भेटिएकी थिईन् । छोरी आत्महत्या नगरेकोभ भन्दै आमा ज्ञानीदेवीले अञ्जलीको श्रीमान् दीपेन्द्रले हत्या गरेको भनी किटानी जाहेरी दिएकी थिईन् । जिल्ला प्रहरी कार्यालय धनुषामा ७ गते नै जाहेरी दिएपनि बैशाख १२ गते मात्रै प्रहरीले जाहेरी दर्ता गरेको हो ।

इलाका प्रहरी कार्यालय सबैलाका प्रमुख इन्स्पेक्टर विजय यादवले १२ गते जाहेरी दर्ता भएको बताए । उनले जिल्ला प्रहरी कार्यालयबाट नै आफूकहाँ जाहेरी ढिलो आएको बताए । घटनापछि अञ्जलीका श्रीमान दीपेन्द्र दासलाई प्रहरीले पक्राउ गरेको छैन । उनी फरार छन् ।

२० वर्षकी अञ्जलीको पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । स्थानीय अधिकारकर्मी मुन्नी दासका अनुसार छोरी भएको थाहा भएपछि श्रीमान्ले अञ्जलीलाई मरणासन्न हुने गरी कुटेका थिए ।

श्रीमान्को यातना सहन नसकी अञ्जली एक महिनायता माइतीमा बस्दै आएकी थिईन् । धनुषाकै गणेशमान चारनाथ नगरपालिका १० डुमरीया उनको माइती हो ।

वैशाख ६ गते बिहीबार माइती पुगेका ज्वाईं दीपेन्द्रले घर लैजान जोड गरेपछि ७ गते बिहान ११ बजे घर पठाएको आमा ज्ञानीदेवीले बताईन् । सोही दिन दिउँसो ३ बजे झुण्डिएको अवस्थामा भेटिएकी थिईन् ।

दासका अनुुसार अञ्जलीको घाँटी, अनुहार र शरीरमा कुटपीटबाट भएको निलडाम थियो । अधिकारकर्मी दासले स्थानीय जनप्रतिनिधिकै रोहबरमा प्रहरीले घटनालाई मिलाउन खोजेको आरोप लगाएकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: