सिप चाहन्छन् नयाँ पुस्ताका महिला


प्रकाशित मिति :2018-04-27 14:21:08

–महिला खबर–

बझाङ । अघिल्लो पुस्ताका महिलाहरूले चुलो चौका र मेलापातमा जीवन बिताए । यति गर्नु नै महिलाको जीवन ठाने । तर आज समय फेरिएको छ । बझाङ्मा नयाँ पुस्ताका महिलाहरू समाजले महिलालाई तोकिदिएका कामको चौघेरामा मात्रै सिमित हुन छाडेका छन् । उनीहरू व्यवसायमूलक काममा उन्मुख हुन थालेका छन् ।

गाउँकै विद्यालयबाट १० तथा १२ कक्षा पास गरेका महिलाहरू सिप सिकेर व्यवसाय गर्नेतर्फ अग्रसर छन् । खास गरेर जागिर गर्न नचाहने महिलाहरू सिप सिकेर रोजगार भइरहेका छन् ।

गाउँघरमा सरकारी तथा गैर सरकारी संस्थाले आयोजना गर्ने सिपमूलक तालिमहरूमा पुरुष भन्दा महिलाको संख्या बढी हुनु यसैको उदाहरण हुन् ।

अहिले जिल्लाका महिलाहरू व्यवसायिक तरकारी खेती, सिलाई बुनाई, होजीयारी उद्योग जस्ता पेशा व्यावसायमा लागेर आत्म निर्भर बन्दै गएका छन् ।

थलारा गाउँपालिका खोलीमा संचालित सयपत्री हाते होजीयारी उद्योगकी संचालक एवं प्रशिक्षक कलावती अवस्थी आफू जस्तै अन्य छोरी बुहारीहरूलाई स्विटर, गलैचा, बुन्ने सिप सिकाएर आत्मनिर्भर बनाउन पाउँदा खुसी लागेको बताउछिन् ।

साना तथा घरेलु उद्योग विकासबाट तालिम पाएकी उनले थोरै अनुदानमा होजीयारी मेसिन पाए पछी आफैले उद्योग स्थापना गरी प्रशिक्षण केन्द्र खोलेर थलाराका ३० जना महिलालाई व्यवसायिक सिप सिकाइसकेको उनले बताइन् ।

आफ्नै उद्योगबाट सिप सिकेर १० जना महिलाले त गाउँमै सिलाई कटाई गरेर कपडा बून्ने, स्विटर तथा गलबन्दी बुनेर घर खर्च चलाएको उनले बताइन्।

व्यवसायिक कामले आर्थिक अवस्थामा सुधार हुँदा महिलाको जीवनस्तर समेत उकासिने कलावतीले बताइन् ।

सदरमुकाम चैनपुरकी सीता खड्का आफ्नै लगानीमा सिलाई सेन्टर खोलेर बझाङका ६ सय भन्दा बढी महिलाहरूलाई सिलाई कटाई तालिम दिएर आत्म निर्भर बनाएको बताउँछिन् । सीता सिलाई सेन्टर खोलेर काम शुरु गर्ने जिल्लाकै पहिलो महिला हुन् ।

आत्मनिर्भर नहुँदा नै महिलाहरुले घर, परिवार र समाजमा हेलोहोचो खेप्नुपर्ने सीताको बुझाइ छ ।

परम्परागत शैलीमै गरिने खेती किसानीले मात्रै खान लाउन नपुग्ने र आयमूलक कुनै काम नहुँदा परिवारमा कामको मुल्यांकनै नहुने भए पछि नयाँ पुस्ताका छोरी बुहारीहरु आयमूलक काममा लाग्न थालेको पनि सीता बताउँछिन् ।

गाउँमा अहिले पुरुष भन्दा महिलाहरूमा निकै उर्जा र उत्साह देखिन्छ । घरेलु विकासकी उद्योग विकास अधिकृत सन्तोषी नेपालीले पछिल्लो समय जिल्ला घरेलु तथा साना उद्योगले पनि महिला उद्यमी हुने कार्यक्रम तथा योजना बनाएको हुँदा अहिले थुपै्र महिलाहरू आफ्नो खुट्टामा उभिन सक्षम भएको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: