कुरीतिको मारमा बझाङका महिला


प्रकाशित मिति :2018-04-27 17:50:02

–महिला खबर–
ललितपुर । बझाङको छबीस पाथीभरा गाउँपालिका वडा नं ७ की कौफली धामीको १५ वर्षकै उमेरमा गाउँमै तानी विवाह भयो । आफूले मन नपराएको केटा भएकै कारण पनि धामी घरमा बस्न सकिनन् । उनी धेरैजसो माइतीमै बस्न थालिन् ।

माइतीमै बस्ने थालेपछि घर र श्रीमानसँगको सम्बन्ध पनि बिस्तारै बिग्रदै गयो । माइतीमै रहँदा धामीले छोरा जन्माइन् । अन्ततः श्रीमानले दोस्रो विवाह गरे । घर बस्न नसकेको आरोप खेप्दै आएकी कौफलीमाथि त्यसपछि शारीरिक हिंसा शुरु भयो । हिंसाले चरम रुप लिएपछि उनले थेग्न सकिनन् ।

आफूमाथि भएको हिंसा बारे उनले अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराइन् । उनी बझाङ सदरमुकाम चैनपुरस्थित आफन्तको होटलमा काम गर्दै मुद्दा लडिन् । उनले मुद्दा पनि जितिन् । अदालतले कौफलीले अंश पाउने गरि फैसला ग¥यो । तर कति भन्ने स्पष्ट गरेन । अदालतकै कर्मचारीको रोहबरमा गाउँमा भएको सहमतिमा एक लाख रुपैयाँ दिन घरपक्ष तयार भयो ।

छोरालाई घर पक्षकाले पहिल्यै कौफलीबाट खोसेर लगिसकेको थिए । त्यो एक लाख रुपैयाँबाट छोराको भाग भन्दै २८ हजार घटाइयो । बाँकी रहेको ७२ हजार रुपैयाँमा पनि अदालतका एकजना सुब्बाले सापटी भन्दै १० हजार रुपैयाँ लिए । १५ हजार रुपैयाँ होटलकै साहुले आफ्नो उपचारका लागि सापटी लिए ।

अक्षर चिन्ने अवसर नपाएकी उनले धेरैलाई बैंकमा खाता खोलिदिन आग्रह गरिन् । तर कसैले उनको कुरा सुनेनन् । यसरी नै पैसा सकिने भयो भन्ने लागेर बाँकी रहेको पैसाले सुन किनिन् । अहिले उनी पारिवारिक हिंसाबाट मुक्त त भइन् तर छोराको पिरलोले सताइरहन्छ ।
उनी भन्छिन्, ‘कुनै सिप सिकेर आफ्नो खुट्टामा आफै उभिन सके छोरालाई आफूसँगै राख्ने इच्छा छ ।’

बझाङकै जयपृथ्वी नगरपालिका वडा नम्बर ११, धामीलेककी १६ वर्षिया चाँदनी थापा ३ वर्षदेखि प्रत्येक महिनाको ४ दिन छुई (महिनावारी) भएका बेला छाउगोठमा बस्छिन् । उनी जस्तै सोही गाउँकी ललिता थापा छुई भएका बेला दशैंमा टीका लगाउँदिनन् ।

धामीलेकसहित बझाङका अधिकांश घरमा छुई बार्ने प्रचलन कायमै छ । यहाँ छुई भएका महिलाका श्रीमानले श्राद्ध गर्न पनि हुँदैन भन्ने मान्यता छ ।

बझाङमा अहिले पनि सुत्केरी भएका बेला महिला र बच्चालाई न्वारान नगर्दासम्म छुन नहुँने, शुभ साइतमा एकल महिला देखेमा अशुभ हुने, छुई भएका बेला मन्दिरमा जान नहुने जस्ता मान्यता छ ।

यी र यस्तै धर्म, संस्कृति, प्रथा र परम्परा नामकका कुरीतिले महिलामाथि भइरहेको विभेदबारे कार्यक्रम ‘समकोण’ रेकर्ड गरिएको । ‘समकोण’ आज बेलुकी ९ देखि १० बजेसम्म कान्तिपुर टेलिभिजनमा प्रशारण हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: