समाचार प्रभावः ७१ वर्षमा वादी महिलालाई नागरिकता


प्रकाशित मिति :2018-04-27 17:49:59

–लक्ष्मीराज पाध्याय–

बाजुरा । बुढीगंगा नगरपालिका ७ की ७१ वर्षीया सपना वादीले आज नेपाली नागरिकता पाएकी छन् । विवाह गरेको भए पनि नागरिकता बनाउन नपाउदै श्रीमानको मृत्यू भएकोले नागरिकता पाउन नसकेको सपनाले बताउदै आएकी थिइन ।

श्रीमान हुँदा गीत गाएर, माटोका भाँडा बनाएर परिवार पाल्थ्यौ । तर अहिले श्रीमानको मृत्यु भईसके पछि भने उनी मागेर नै छोराछोरी पालिरहेकी छन् । उनको जेठो छोरा सागर गन्र्धव कक्षा ५ र कान्छो छोरा राजेश कक्षा २ मा गाउँकै शारदा माविमा अध्यनरत छन् ।

गाविस हुँदै नगरपालिका भइसक्दा पनि विभिन्न नेताहरुसँग नागरिकता बनाइदिन आग्रह गरे पनि कसैले आफ्नो कुरा नसुनिदिएको उनले बताइन् ।

केही हप्ता अगाडी मात्र नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिहंले नगरपालिका, वडापालिका र जिल्ला प्रशासनमा नागरिकता बनाउने बाटो खुलाइ दिएको अध्यक्ष सिहंले बताए ।

नगरपालिकामा सिफारिस जिल्ला प्रहरी र स्थानिय जनप्रतिनिधीको रोहबरमा मुचुल्का बनाउन सहयोग गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाइ समेत नागरिकता बनाउन आग्रह गरेको सिहंले बताए ।

कागजात सबै तयार भए पछी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रदान गरेको सपना बादीले बताइन् ।

सपनाका श्रीमानको तीन वर्ष अगाडी भएको थियो । सड्कको छेउमा स्थानीय दिपक सुनारले बनाएको टिनको छाप्रोमा सपना बादी सहित उनका दुई छोरा बेसाहारा जीवन बितारहेका छन् ।

यो पनि हेर्नुहोस्

सनाखत गरिदिने कोही नहुँदा नागरिकताविहीन

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र व्यथा लुकाएर ओठमा

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: