–महिला खबर–
ललितपुर । बैतडीको पञ्चेश्वर गाउँपालिका १ की हजारीदेबी साउँदले ७८ वर्षको उमेरमा नागरिकता पाएकी छन् । बैतडीको सबैभन्दा विकट क्षेत्र पञ्चेश्वर गाउँपालिका १ मा पर्ने सल्लाधाम्कडीकी हजारीले शनिबार गाउँमै घुम्ती शिविर गएको बेला नागरिकता बनाएकी हुन् ।
सदरमुकामबाट ३ दिनको पैदल दुरीमा पर्ने सल्लाधाम्कडीकी हजारीदेवीलाई यसअघि नागरिकता बनाउनुपर्छ भन्ने थाहा थिएन । नागरिकता नहुँदा उनी राज्यबाट पाउने सेवा सुविधाबाटसमेत थिईन् ।
पञ्चेश्वर २ का वडा अध्यक्ष दशरथ मंगोलाका अनुसार सदरमुकाम टाढा भएकोले त्यहाँका अधिकांश नागरिकका व्यक्तिगत घटनादर्ता बनाउँदैनन् ।
उनीहरुलाई व्यक्तिगत घटनादर्ता, नागरिकता बनाउनुपर्छ भन्ने पनि थाहा थिएन । ७८ वर्षकी हजारीले पनि वडा अध्यक्ष लगायत जानेबुझेकाले नागरिकता भएमा बृद्धभत्ता पाइन्छ भनेपछि श्रीमानको किरियाकै बेला गाउँमै नागरिकता बनाएकी हुन् ।
Comment Here!