अधिकारकर्मी नै यौन हिंसामा


प्रकाशित मिति :2018-04-29 13:51:41

-कल्पना भट्टराई –

ललितपुर । भूमिका श्रेष्ठ तेस्रोलिङ्गी हुन् । उनको नागरिकताको नाम कैलाश श्रेष्ठ हो । उनी एक दशक देखि यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको हक अधिकारको वकालत गर्दै आएकी छिन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकारको लागि लड्दै आएकी उनी आफै पटक पटक यौन हिंसामा परेकी छिन् ।

भूमिकाले घटना सुनाईन्, ‘पाँच बर्ष अघि बस चढेर कंलकीबाट लाजिम्पाट जाँदै थिएँ । एउटै सिटमा बसेका एक पुरुषले उनको गोप्य अङ्गमा हात लगे । साह्रै पीडा भयो । तत्कालै दुर्व्यवहारको प्रतिकार गर्नै सकिन ।’

           भूमिका श्रेष्ठ

भूमिका महिलाको पोशाक लगाउँछिन् । उनको हाउभाउ महिलाको जस्तै छ । तर उनी पुरुष हुन् । उनी भन्छिन्—‘तेस्रोलिङ्गी भन्ने पहिचानले यौन दुर्व्यवहारमा परें ।’

भूमिका मात्रै होइन । उनी जस्ता धेरै तेस्रोलिङ्गीहरुले सार्वजनिक यातातामा यात्रा गर्दा यौन दुर्व्यवहार भोग्न बाध्य छन् । लैंगिक पहिचानका कारण पनि अपमानित हुनुपरेको उनीहरुको भोगाई छ ।

भूमिकाको राहदानी(पसपोर्ट) को नाम पनि कैलाश श्रेष्ठ नै हो । यो नामको राहदानी बोकेर विमानस्थल छिरेपछि उनलाई तनाब सुरु हुन्छ । उनी हेर्दा महिला जस्तै छन् । तर, राहदानीमा पुरुषको नाम भएकोले थप दुर्व्यवहार भोग्नु परेको अनुभव उनीसँग छ ।

सन् २०११ म एक कार्यक्रममा अमेरिका जाँदा दोहा ट्रान्जिटमा सुरक्षाकर्मीले जब उनको राहदानी हेरे त्यसपछि उनलाई छुट्टै कोठामा लिएर गए । सोधपुछ गर्ने वहानमा पुरुष सुरक्षाकर्मीले दुर्व्यवहार गरेको उनले बताईन् ।

‘तेश्रो लिङ्गी भन्दाभन्दै पनि विमानस्थलका पुरुष सुरक्षाकर्मीले छुट्टै कोठामा लगेर भित्री अङ्ग छामछुम गरि अपमानित गरे’ उनले भनिन् । त्यो एकपटक मात्रै होइन । हरेक पटक विदेश जाँदा यस्तै समस्या परेको छ भूमिकालाई ।

‘तेस्रोलिङ्गीहरु समाजका हाँसोका पात्र हुन् । उनीहरुलाई जस्तो व्यवहार गरे पनि हुन्छ भन्ने सोच यहाँका सुरक्षाकर्मी र कार्यालयका प्रमुखहरुको पनि रहेका छ ।’ उनी थप्छिन्, ‘तेस्रलिङ्गीहरुले घर परिवार र सार्वजनिक स्थानमा दैनिक दुर्व्यवहार भोग्ने गरेका छन् ।’

सार्वजनिक स्थलमा त दुर्व्यवहार हुने नै गर्छ । त्यहि दुव्र्यवहार विरुद्ध उजुरी गर्न प्रहरीकोमा जाँदा उल्टै प्रहरीबाटै दुर्व्यवहार भोग्नु परेको अनुभव पनि छ उनीसँग ।

‘घटना तीन बर्ष अघिको हो ।’ भूमिका भन्छिन्, ‘सावर्जनिक स्थलमा यौन दुर्व्यवहारमा परेका साथीहरुको उजुरी गर्न प्रहरी कार्यालयमा पुग्दा उल्टै प्रहरीबाट अपमानित हुनु पर्यो । उजुरीले दर्ता गर्नु त टाढाको कुरा ।’

दुर्व्यवहार गर्ने प्रहरीका विरुद्घ मानवअधिकार आयोगमा उजुरी दर्ता गरेको उनले बताइन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुमाथि हुने दुर्व्यवहारका उजुरीहरुलाई प्रहरीले वास्ता नगर्ने र उल्टै अपअपशब्द बोलेर अपमानित गर्ने गरेको उनले आरोप छ ।

निलहिरा समाजको पछिल्लो तीन महिनामा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई दुर्व्यवहार भएको ३५ वटा उजुरी दर्ता भएका छन् । संस्थामा अपमान, गालीगलौज र यौन दुर्व्यवहार सम्बन्धि ३३ मुद्दा दर्ता भएका छन् ।

                         लक्ष्मी घलान

त्यस्तै समलिंगीहरुको संस्था मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलान समलिङ्गी महिला हुन् । बैशाख पहिलो साता एउटी बहिनीसँग जिल्ला प्रशासन कार्यालयमा काठमाडौं गएकी थिइन ।

‘त्यँहा भेटिएका एक सुरक्षाकर्मीले नँया गल्फेण्ड भेटाउनु भयो भनि अपमानित गर्योे, उनी प्रश्न गर्छिन्, – सुरक्षाकर्मीबाटै हामीलाई गर्ने व्यवहारमा कहिले परिवर्तन आउँछ’ ।

त्यस्तै एक्सक्लुसिभ फोरमका अध्यक्ष डिलकुमारी पुन (बद्री) ले बाटो हिड्दा यौन दुर्व्यवहार भोग्नु परेको छ । उनी भन्छिन्—‘बलात्कार गर्छुसम्मका कुरा भन्न भ्याए, निर्धक्क हिड्न पनि सकिँदैन ।’

 डिलकुमारी पुन

डिलकुमारी तेस्रोलिङ्गी हुन् । तेश्रोलिङ्गीका अधिकारकर्मीहरु नै यौन दुव्र्यवहार भोग्न बाध्य भएको माथिको घटनाले देखाउँछ । तेस्रलिङ्गीहरुलाई समाजमा हाँसोको पात्रको रुपमा लिने गरिएको छ । यौन हिंसामा पनि प्रहरी कार्यालयमा उजुरी गर्न जाँदा समेत प्रहरी चासो नदिने उनीहरुको आरोप छ ।

प्रहरी हिरासतमा पनि यौन दुर्व्यवहार

प्रहरीले हिरासतमा पनि यौन दुर्व्यवहार गर्ने गरेको तेस्रोलिङ्गीहरुले आरोप लगाएका छन् । तेस्रोलिङ्गीहरुलाई प्रहरीले हिरासतभित्र पनि अपशब्द बोल्दै गाली गलौज गर्ने गरेको एक तेस्रोलिङ्गीले नाम नलेख्ने शर्तमा बताए ।

उनी यौनकर्मी भएकाले ५ पटकसम्म पक्राउ परेका छन् । पुरुष प्रहरीले संवेदनशिल अंगमा छुने र हान्ने गरेको उनको आरोप छ । पटक पटक यौन दुर्व्यवहारमा पर्ने गरेको आरोप लगाए ।

प्रहरी हिरासतमा तेस्रोलिङ्गीलाई महिलाको कक्षमा राखिन्छ । आफूहरुलाई छुट्टै कोठामा समेत नराखेर अमानवीय व्यवहार गर्ने गरेको उनको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: