एक वर्षदेखि विभागमै अड्कियो उजुरी, कसले गर्ने छानबिन ?


प्रकाशित मिति :2018-04-29 14:52:08

– सन्दिप वि.क–

ललितपुर । ध्रुवकुमार विश्वकर्माले कान्ति बाल अस्पतालले छोराको उपचारमा लापरवाही गरेको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा उजुरी गरेको एक वर्ष पूरा भयो । तर अहिलेसम्म सुनुवाई भएको छैन् ।

रसुवा घर भई हाल भक्तपुर बस्दै आएका विश्वकर्माले २०७३ असार २२ गते विश्वकर्माले आफ्नो ८ महिनाका छोरा आलोक बराललाई उपचारलागि काठमाडौंस्थित कान्ति बालअस्पताल लगेको थिए ।

उपचारका क्रममा रोग अनुसारको औषधी नदिएकोले छोराको स्वास्थ्य झन् जटिल भएपछि उनले उपचारमा संलग्न चिकित्सक, नर्स, कर्मचारी, तत्कालीन सुपरिवेक्षण गर्ने चिकित्सक, अस्पताल प्रमुख तथा विकास समितिका पदाधिकारीलाई कारबाहीको माग गरेका थिए ।

२०७४ वैशाख २८ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दिए । साथै उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा १८ (ङ) २ बमोजिम हदैसम्मको सजाय गराई पाउँ भन्दै सोही दिन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा पनि उजुरी गरेका थिए ।

पीडित विश्वकर्माले उजुरी गरेको एक वर्षवित्दा पनि कुनै सुनुवाई नभएको गुनासो गरे । उनले भने, ‘उजुरी गरेको लामो समय भयो, काम हुँदैछ भन्छन्, तर अहिलेसम्म केही गरेका छैनन् ।’

उनले विभागमा पुगेपनि धेरै समय लाग्छ भन्दै, काम नै नगरी झुलाउन खोजेको आरोप लगाए । उनी भन्छन्, ‘एक वर्ष पुग्यो, केही निकास त दिनुपर्ने हो । ’

सामान्य रुघा खोकी लागेका आलोकलाई बहिरङ्ग सेवा लिने टिकट काट्नुपर्ने समय सकिएपछि आकस्मिक कक्षको टिकट लिएर उपचार गरिएको थियो । डाक्टरले बच्चाको जाँच गरी बाफ लिएर घर लैजानु भन्दै अवलोकन कक्षामा पठाएका थिए ।

बाफ दिएपछि बच्चाको अवस्था सामन्य भएको थियो । राति अवेर भएपछि डिर्चाज नगरी क्यानल लगाइएको थियो । त्यसपछि बच्चालाई डाक्टरको सल्लाह अनुसार ८५ एमजीको हाइड्रोकोटेसन इन्जेन्सन दुई पटकसम्म लगाइएको थियो ।

त्यतिबेलासम्म बच्चा ठिक थियो । रातको करिब साढे ११ बजे नर्स आफैले इन्जेक्सन लिएर आएकी थिइन् । पीडित विश्वकर्माले नर्सले जबरजस्ती बच्चालाई इन्जेक्सन लगाइदिएको बताए ।

औषधी लगाउने बित्तिकै बच्चाको दिसा र पिसाब एकैचोटी हुन थालेको थियो । ४० मिनेटसम्म पम्प र सि.पि.आर.दिएर मुटुको धड्कन ७७ प्रतिशत देखाई आलोकलाई राती २ बजे अन्र्तराष्ट्रिय बालमैत्री अस्पताल रिफर गरिएको थियो । बालमैत्रीमा बच्चालाई २८ दिन भेन्टीलेटरमा लागेर उपचार भयो ।

आठ महिनाका आलोकलाई दिइएको औषधी आडैको बेडमा रहेका दश वर्षीय बालकको रहेको पीडित विश्वकर्माले पछि मात्र थाहा पाएका थिए ।

ध्रुवले भने, ‘तेस्रो पटक लगाइएको इन्जेक्सनको बोतल हेर्दा उक्त औषधी (मेनेनजाइटिस) मलेरियाको रहेछ ।’ सो विषयमा अस्पताल प्रशासनलाई भन्दा उल्टो धाकधम्की दिएको बताए ।

उनले भने, ‘सो विषय तत्काल समक्ष उठाउँदा मलाई अस्पताल प्रशासनबाटै धाकधम्की आयो । बच्चाको उपचार गर्नु मेरो पहिलो प्राथमिकता सम्झेँ ।’ उपचारको छानविनका लागि अस्पताल प्रशासनमा २०७३ भदौ २४ गते निवेदन पनि दिएका थिए । तर निवेदनउपर कुनै कारबाही नभएको उनले बताए ।

ललितपुरको पाटन अस्पतालले गत बैशाख ५ गते उपचार गराउने क्रममा बच्चाको सुधार हुन नसक्ने गरी अपाङ्गता भएको जानकारी दिएको उनले बताए । गलत औषधी प्रयोगकै कारण बच्चाको खुट्टा नचल्ने, कान नसुन्ने, जन्मदा तीन किलोको आलोक अहिलेसम्म पाँच किलो मात्र रहेका छन् ।

‘छानबिन गर्ने काम विभागको होइन्’

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले विभागले डाक्टर, नर्सबाट गरेको गल्तीलाई छानविन गर्न नमिल्ने बताए ।

महिला खबरसँग कुरा गर्दै उनले भने, ‘हामीले औषधीको अनुगमन गर्ने हो तर डाक्टरको लापरवाहीलाई अनुगमन गर्न मिल्दैन । यो काम त प्रहरी प्रशासनको हो ।’

अधिवक्ता शशी बस्नेत भने उपभोक्ता संरक्षण ऐन अन्तर्गत फौजदारी कार्यान्वयको लागि विभागले निरीक्षण अधिकारीलाई अनुसन्धान गर्न पत्र काट्नुपर्ने प्रावधान रहेको बताउँछिन् ।

उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा २ ङ मा “सेवा” भन्नाले कुनै कामको निमित्त कुनै पनि किसिमको सेवा शुल्क वा प्रतिफल लिई प्रदान गरिएको श्रम, सुविधा वा परामर्श सम्झनुपर्ने उल्लेख छ ।

जसअन्तर्गत विपक्षी अस्पताल वा चिकित्सकहरुद्वारा प्राप्त हुने सेवा पनि समाहित हुने निर्विवाद छ । यसका अतिरिक्त ऐनको दफा ६ १ ले जीउ, ज्यान स्वास्थ्य तथा सम्पत्तिमा हानी पुर्‍याउने उपभोग्य वस्तु वा सेवाबाट सुरक्षित हुन पाउने उपभोक्ताको ग्यारेण्टी गरेको छ ।
अर्कोतर्फ ऐनको दफा १० मा उपभोक्ताका स्वास्थ्य प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तु वा सेवाको बिक्री वितरणलाई पूर्णत निषेध गरिएको छ ।

साथै ऐनको दफा १० को वर्खिलाप हुने गरी चिकित्सकीय सेवा उपलब्ध गराई जीउज्यानको खतरा पुर्‍याउने गरी गरिएको कार्यलाई दफा १८ (ङ) २ ले अपराध मानी दश वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना हुने गरी सजायको व्यवस्थ छ भने अर्कोतर्फ दफा ६ (१)(ङ) एवं दफा २४ अन्तर्गत चिकित्सकीय लापरवाहीद्वारा हानी नोक्सानी पुगेपावतको क्षतिपूर्ति प्राप्त गर्नसक्ने व्यवस्था गरेको छ ।

यो पनि हेर्नुहोस्

नर्सको लापरबाहीले बच्चाको ज्यान जोखिममा

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: