– महिला खबर –
ललितपुर । वागलुङकी निरमाया पुनलाई विपक्षी बनाएर हालिएको वहुविवाहको मुद्दामा गरेको फैसला विवादास्पद भएको सार्वजनिक भएपछि न्यायाधीश चुरामन खड्कालाई सर्वोच्च अदालतमा काज सरुवा गरिएको छ ।
खड्काले जिल्ला अदालत दाङमा रहँदा गरेको उक्त फैसला विवादास्पद भएपछि सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपकराज जोशीको संयोजकत्वमा रहेको विशेष समितिले छानबिनको लागि खड्काको काज सरुवा गरेको हो ।
‘फैसलाको कागजात प्रारम्भिक अध्ययन गर्दा न्यायिक विचलन हो की झैं देखिन्छ’ सर्वोच्च स्रोतका अनुसार भन्छ, ‘अझ अनुसन्धान गर्दा फैसलामा न्यायिक विचलन पाइयो भने न्यायाधीशलाई कारबाही हुन्छ ।’
न्यायाधीश खड्का काठमाडौं जिल्ला अदालतमा कार्यरत थिए । शुक्रबार गरिएको निर्णयले खड्कालाई आइतबारदेखि सर्वोच्च अदालत काज सरुवा गरिएको हो ।
उक्त विवादास्पद फैसलाबारे महिलाखरबले अदालतको फैसला : देख्दै नदेखेको व्यक्ति श्रीमान् शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।
Comment Here!