– महिला खबर
ललितपुर । लैंगिक हिंसा न्यूनिकरणका लागि सिन्धुलीमा ३ दिने खोज पत्रकारिता तालिम सुरु भएको छ । सञ्चारिका समूहको आयोजनामा कमलामाई नगरपालिकामा तालिम सुरु भएको हो ।
तालिममा सिन्धुली, ओखलढुंगा र उदयपुरका १८ जना पत्रकार सहभागी छन् । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका नगरप्रमुख खड्कबहादुर खत्रीले सही कुरालाई सकारात्मक रुपमा, नराम्रोलाई प्रश्न सहित सत्य तथ्य बाहिर ल्याउन पत्रकारहरुसँग आग्रह गरे ।
त्यस्तै सिन्धुलीका प्रहरी प्रमुख एसपी टीकाबहादुर केसीले लिंगका आधारमा हुने हिंसा समाजमा बढ्दै गएकाले यसको कारण पत्ता लगाउन खोज पत्रकारिता जरुरी रहेको बताए ।
तालिमको प्रशिक्षक समेत रहेका खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले लुकेका कुरालाई बाहिर ल्याउन पत्रकार हिँड्नु पर्ने कुरामा जोदिऐ । उनले भने, –‘सुचना घरै बसेर पाउन सकिन्छ तर खोज पत्रकारिता गर्नका लागि खोजी जरुरी छ ।’
त्यस्तै युएनफएपीएका सिन्धुलीका कार्यक्रम संयोजक प्रेमबहादुर खड्काले सहि पत्रकारिताले सहि समाज निर्माणमा सहयोग गर्ने भन्दै सकारात्मक पत्रकारिताका लागि सुझाब दिएका थिए ।
सञ्चारिका समुहका अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा सम्पन्न भएको हो उद्घाटन कार्यक्रममा तालिमको उद्देश्य र आवश्यकताबारे सञ्चारिका समूहका महासचिव कमला पन्थीले जानकारी गराएकी थिईन् ।
तालिम सञ्चालनको लागि गर्न युएनएफपीए र स्वीस डेभलपमेन्ट कोअपरेसनको सहयोग रहेको आयोजकले जनाएको छ ।
Comment Here!