-महिला खबर-
ललितपुर । मोबाइलबाट युवतीलाई अश्लिल शव्द बोल्दै गाली गर्ने एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई अहिले झापाको मेची नगरपालिका–१० बस्ने ३० वर्षीय श्यामकृष्ण तामाङ रहेका छन् ।इलाका प्रहरी कार्यालय, अनारमनीले बिर्तामोड–५ स्थित इलाम स्टेण्डबाट तामाङलाई पक्राउ गरेको हो ।
तामाङ विरुद्ध मोबाइलबाट यान्डम्ली कल गरेर केटीले उठाए अश्लिल गाली गर्ने र भेट्न बोलाउने नभेटे फेक आईडी बनाएर हैरानी दिने गरेको उजुरी परेको थियो । उनीमाथि सार्वजनिक अपराध ऐन, २०२७ अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
Comment Here!