युवती हत्याको आरोपमा युवक पक्राउ


प्रकाशित मिति :2018-05-02 13:37:15

–महिला खबर–

लतिलपुर । अछामको पञ्चदेवल नगरपालिका– ९ भानाकोटमा युवती हत्याको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय तिलक बटाला रहेका छन् । बटालाले २० वर्षीया उर्मिला टमट्टाको हत्या गरेको आरोप लागेको छ ।

           -मृतक युवती-

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले मंगलबार बिहान युवक बटालाकै गोठमा उर्मिलाको शव फेला परेपछि बटालालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महिला खबरलाई बताए ।

दुई दिनदेखि वेपत्ता भएकी युवतीलाई खोजबिन गर्दा बटालाकै गोठमा मृत अवस्थामा फेला फेरेकी थिइन् । घटनास्थल नजिकै २ प्याकेट मुसा मार्ने औषधि समेत फेला परेको उपरीक्षक न्यौपानेले बताए । युवतीको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल अछाममा राखिएको छ ।

यसैबीच मृतकका दाजुहरूले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दोषीलाई कारवाहीको माग गरेका छन् ।  मृतकका दाजु लक्ष्मण टमटा र मदन टमटाले आफ्नी बहिनीको हत्या गरिएको भन्दै हत्यामा सलंग्न दोषीलाई कानूनी कारबाही गर्नुपर्ने माग गरेका हुन् । उर्मिला हालै सम्पन्न एसइईको परीक्षा दिएर बिदामा बसेकी थिइन् ।

मृत्तक उर्मिलाका दाजुहरूले आफ्नी बहिनीको हत्या बटालाले नै गरेको आरोप लगाउँदै अनुसन्धान गरि कडा कारबाही माग गरे ।  मृतकका दाजु लक्ष्मण टमटा भने, ‘डेढ वर्षदेखी बटाला र बहिनीबीच प्रेम सम्बन्ध रहेको जानकारी थियो । त्यो भन्दा बढी केही कुरा थाहा छैन् । आज एक्कासी बहिनीको मृत्यु भएको कुरा सुन्दा हामी विछिप्त भएका छौँं । सरकारले हामीलाई न्याय दिनुपर्छ ।’

तिलक बटाला पेशाले स्वास्थ्यकर्मी हुन् । बटालाले बहिनीलाई प्रलोभन देखाएर स्वार्थ पूरा गरेको र पछिल्लो समयमा आएर घरमा लगेर हत्या गरेको दाजुहरूले आरोप लगाएका छन् । बटाला विवाहित हुन् । उनका एउटा छोरा छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: