अपमान सहन नसकेपछि घर छोडेकी महिलाको कंकाल फेला


प्रकाशित मिति :2018-05-02 14:52:40

–महिला खबर–

कालिकोट । कालिकोटमा घरबाट हराएको चार महिनापछि एक महिलाको मानव कंकाल भेटिएको छ । नरहरीनाथ गाउँपालिका–४ की अन्दाजी २५ वर्षीया गौंकला बुढाको अस्थिपञ्जर कंकाल भेटिएका हो ।

१ मंसिर २०७४ मा परपुरुषसँग अवैध सम्बन्ध राखेको भन्दै स्थानीयले हल्ला गरेपछि इलाका प्रहरी कार्यालय कुमालगाउँमा उजुरी परेको थियो । तर, दुवै पक्षलाई बोलाएर प्रहरीले छलफल गराउँदा आफूहरूको सम्बन्ध गलत नभएको र ठट्टा गर्ने बानीका कारणले अनावश्यक आरोप खेप्नुपरेको बयान पछि उनीहरूलाई सामान्य कागज गरी कुनै पनि अनैतिक सम्बन्ध नभएको भन्दै प्रहरीले छोडेको थियो ।

तर, घर परिवार र समाजकोे अपमान र आरोप खेप्न नसके पछि गौंकला घर छोडेर हिँडेको सो गाउँपालिका–५ का वडाध्यक्ष नमराज सहकारीले बताए ।

घटनास्थलबाट संकलित मानव कंकालको डक्सिरिबोनुक्लेक एसिड (डीएनए) परीक्षणका लागि प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कालिकोट मुद्दा फाँटका प्रहरी सहायक निरीक्षक (असई) लोकेन्द्र कार्कीले पनि डीएनए परीक्षणका लागि म्याचिङ गर्न परिवारका अन्य सदस्यलाई बोलाएको जानकारी दिए । उनका अनुसार अनुसन्धान र डीएनएको रिर्पोटपछि आवश्यकताअनुसार घटनाबारे थप अनुसन्धान हुनेछ ।

सो घटनाप्रति केही जनप्रतिनिधि निकै गम्भीर देखिएका छन् । गाउँपालिकाका प्रवक्ता गगनबहादुर फडेराले अन्याय पूर्ण तरिकाले महिलाको ज्यान गएको देखिएकाले त्यसको निष्पक्ष छानबिन र अनुसन्धान हुनुपर्ने बताउँदै आएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: