समस्या पर्दा कहाँ जान्छन् आदिवासी महिला ?


प्रकाशित मिति :2018-05-02 17:56:57

–महिला खबर–
ललितपुर । आदिवासी महिलाहरुको न्यायमा पहुँच न्युन रहेको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय आदिवासी जनजाती महिला महासंघले राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोगमा राउटे, थकाली, माझी, चौधरी र याक्खा समुदायका ४ सय ६० महिलाबीच गरेको अध्ययनबाट ५ दशमलव ९ प्रतिशत महिला मात्र समस्या पर्दा सरकारी न्यायिक निकायमा जाने गरेको देखिएको छ ।

ती समुदायमा ६९ दशमलव ६ प्रतिशत महिलाहरु समस्या लिएर आफ्नो समुदायसम्म पुग्ने गरेको र २४ दशमलव ३ प्रतिशत प्रथा र परम्परागत विधिको भर पर्ने गरेको आदिवासी महिलाको आर्थिक सशक्तिकरण अध्ययनबाट खुलेको मुख्य सोधकर्ता डाक्टर कृष्णबहादुर भट्टचनले बताएका छन् ।

बिहीबार सो अध्ययनबारेको छलफलमा उनले भने, ‘आदिवासीका मौलिक उत्पादन् र खान्कीको प्याकेजिङ, लेवलिङ र बजारीकरण गर्न सकेमा उनीहरुको आर्थिक सवलीकरण चाँडो हुने देखियो ।’

करिव २ महिना लगाएर डडेल्धुरा, दैलेख, सुर्खेत, बर्दिया, मुस्ताङ, रामेछाप, संखुवासभा र सप्तरीमा गरिएको सो अध्ययनको विस्तृत विश्लेषण हुन बाँकी रहेको महासंघलले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: