महिला बेचेको आरोपमा पेम्बा पक्राउ


प्रकाशित मिति :2018-05-03 11:39:42

–महिला खबर–

ललितपुर । मानव बेचबिखन तथा ओसार पसारको आरोपमा केन्द्रीय अनुसन्धान व्युरो काठ्माडौंले एक जनालाई पक्राउ गरेको छ ।

ताप्लेजुङ थुकिम्बा ९ घर भइ हाल काठ्माडौं महानगरपालिका ९ बस्दै आएका पेम्बा शेर्पालाइ प्रहरीले बुधबार पिंग्लास्थानबाट पक्राउ गरेको हो ।

श्ोर्पाले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै एक ४० वर्षीया युवतीलाई नेपालबाट भारत हुँदै ओमान पु¥याएका थिए ।

अर्का रामचन्द्र सुबेदीको सहयोगमा युवतीलाइ दुवै जना मिलेर १६०० ओमनि रियलमा बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ ।

ओमानमा बिक्री भए पछि आफूले शारीरिक, मानसिक यातना र दुव्र्यवहार खेपेको भन्दै युवतीले २०७४ फागुन १२ गते जिल्ला प्रहरी कार्यलय मकवानपुरमा मुद्धा दर्ता गराएकी थिइन् ।

सोहि अनुसार खोजबिन गर्दा शेर्पालाई मंगलबार मात्रै प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए ।

शेर्पालाइ पक्राउ गरी थप अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यलय मकवानपुर पठाइएको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: