२०७४ मा ८ पत्रकार महिला पीडित


सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवस

प्रकाशित मिति :2018-05-03 13:40:21

–महिला खबर–

ललितपुर । आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालमा पनि दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैँछ ।

सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष सत्ता र शक्तिको दुरुपयोग विरुद्ध निगरानी गर्नुपर्नेमा जोड दिँदै सञ्चार, न्याय र विधिको शासनबीचको सम्बन्धलाई महत्व दिइएको छ ।

गएको वर्ष २०७४ मा नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन इकाइमा प्रेस स्वतन्त्रता उलंघन सम्बन्धी ६२ वटा घटना अभिलेख भएका छन् । यी ६२ घटनामा ८७ जना पत्रकारहरु पीडित भएका थिए । जसमध्ये ८ महिला पत्रकार रहेका छन् ।

२०७४ मा पीडित महिलामध्ये प्रदेश नं ३ मा एक र प्रदेश नं २ मा दुई महिला पत्रकार गिरफ्तार भएका थिए । यस्तै प्रदेश नं २ मा २ महिला पत्रकार कब्जा, अपहरण, अवरोधमा परेको नेपाल पत्रकार महासंघले जनाएको छ ।

२०७४ मै प्रदेश नं ३ मा एक महिला पत्रकार आक्रमणमा परेकी थिइन् भने दुव्र्यवहार र धम्कीमा प्रदेश नं ३ र ४ मा एक÷एक जना महिला पत्रकार पीडित भएको पाइएको छ ।

नेपालमा पत्रकार महिलाको अवस्था

पत्रकार महिलाको पेशागत अवस्थाबारे सञ्चारिका समूहले २०७२ सालमा गरेको अध्ययनका क्रममा सहभागी मध्ये ४१.४ प्रतिशत पत्रकार महिलाले न्यूनतम पारिश्रमिक नपाएको पाइएको छ ।

न्यूनतम तलब नपाउनेमध्ये ८४.१ प्रतिशत पत्रकार महिला उपत्यका बाहिरका छन् भने अध्ययनमा सहभागी मध्ये ५६.२ प्रतिशत महिलाले यातायातको

असुविधाले समस्या खेप्नुपरेको बताएका थिए ।

राती ड्युटी गर्नेहरुलाई कार्यालयदेखि घरसम्म लाने-लैजाने व्यवस्था नहुँदा समस्या परेको उनीहरुको गुनासो थियो ।
अध्ययनका क्रममा छुट्टै लैङ्गिक नीति लागू गर्ने मामलामा सञ्चार माध्यमको अवस्था ज्यादै कमजोर छ । अध्ययनमा आधाभन्दा बढी (६१.६ प्रतिशत) सञ्चारगृह-माध्यमले छुट्टै लैङ्गिक नीति नभएको बताएका थिए ।

अध्ययनले कुल १ हजार १ सय ४३ पत्रकार महिलामा सर्वेक्षण गरेको थियो । त्यसमध्ये काठमाडौं उपत्यकाका २३.६ प्रतिशत थिए भने मोफसलका ७६.४ प्रतिशत थिए । पत्रकारितामा सबैभन्दा बढी २० देखि ३० वर्ष उमेरका महिला सक्रिय रहेको पाइएको थियो ।

यस्तै पत्रकार महिलामध्ये सबैभन्दा बढी अर्थात् ६२.१ प्रतिशत एफएम रेडियोमा कार्यरत रहेको देखिएको थियो । जातीगत रुपमा हेर्दा पत्रकार महिलामध्ये ब्राह्मण÷क्षत्री समुदायका महिला ५८.६ प्रतिशत रहेको अध्ययनले देखाएको थियो ।

पत्रकार महिलामध्ये ४१.८ प्रतिशतले स्नातक तह अध्ययन गरेको र २१.९ प्रतिशतले पत्रकारिता विषयकै अध्ययन गरेको तथा बाँकीले अन्य विषय पढेको र पत्रकारिता सम्बन्धी तालिम (छोटो र लामो अवधि दुवै लिएको देखिएको थियो ।

अध्ययनका क्रममा पत्रकारिताका माथिल्ला पदमा पत्रकार महिला ज्यादै न्यून रहेको पाइएको छ । वरिष्ठ र कार्यकारी पदमा पुग्ने पत्रकार महिलाको संख्या औंलामा गन्न सकिन्छ ।
वरिष्ठ संवाददाता/ब्यूरो प्रमुखमा २.९ प्रतिशत, सम्पादकमा ८.१ प्रतिशत र प्रकाशक वा व्यवस्थापकका रूपमा २.७ प्रतिशत महिला कार्यरत रहेको पाइएको थियो ।

यस्तै अध्ययनका क्रममा सबैभन्दा बढी ४१.५ प्रतिशत पत्रकार महिला एङ्कर (समाचार वा कार्यक्रम प्रस्तोता)को रूपमा काम गर्छन् । यस्तै, २९.३ प्रतिशत पत्रकार महिला संवाददाता÷उपसम्पादक पदमा कार्यरत रहेको देखिन्छ ।

पत्रकार महिला कार्यरत क्षेत्रमध्ये ४६.५ प्रतिशत मिश्रित बिटमा काम गर्ने गरेको पाइएको थियो । यस्तो अवस्था उपत्यका बाहिर अझ बढी देखिन्छ । ज्यादै थोरै पत्रकार महिलाले मात्रै राजनीति, अर्थ, अन्तर्राष्ट्रिय लगायतका बिटमा काम गरेको पाइएको थियो ।

पदोन्नतिमा पत्रकार महिलाको अवस्था खासै उत्साहजनक देखिंदैन । सर्वेक्षणमा सहभागीमध्ये ४७.४ प्रतिशत पत्रकार महिलाले काम थालेपछि पदोन्नति भएको जानकारी दिएका थिए भने ३५.६ प्रतिशतले नभएको बताएका थिए ।

सर्वेक्षणमा सहभागी पत्रकार महिलामध्ये झण्डै एक तिहाइले सस्ंथा परिर्वन गरको पाइएको थियो । त्यसो गर्नुको मख्ुय कारण पारिश्रमिक थारै हनु, नियमित रूपमा पारिश्रमिक नपाउनु वा पाउदै नपाउनु रहेका छन् ।

पारिश्रमिक, अवसर, संस्थामा काम गर्ने वातावरण, पारिवारिक विषय, शिक्षा लगायतका कारणले पत्रकार महिलाले संस्था परिवतर्न गर्ने गरको पाइएको छ । सबभैन्दा बढी २७.१ प्रतिशतले पारिश्रमिकलाई सस्ंथा परिवर्तन गर्नको मुख्य कारण बताएका छन् ।

कार्यस्थलको वातावरण महिला अनुकूल नभएको र सहकर्मी तथा अग्रजबाट पत्रकार महिलाप्रति उचित व्यवहार नहुने गुनासा आइरहेका बेला अनुसन्धानले पछिल्लो समय यसमा सुधार हुँदै गएको देखाएको थियो । अधिकांश उत्तरदाताले (७३.३ प्रतिशत) आफ्ना सहकर्मीको व्यवहार सहयोगी रहेको बताएका थिए ।

आधाभन्दा बढी पत्रकार महिला (५१.३ प्रतिशत) पत्रकारिता पेशालाई नै निरन्तरता दिन चाहन्छन् । सर्वेक्षणमा १९.६ प्रतिशत पत्रकार महिलाले भने पेशा परिवर्तन गर्न चाहेको बताए ।

सञ्चारमाध्यममा न्यूनतम र नियमित पारिश्रमिक नपाउने समस्या ठूलो रहेको पाइयो । ४१.४ प्रतिशत पत्रकार महिलाले न्यूनतम पारिश्रमिक नपाएको उल्लेख गरेका छन् । न्यूनतम पारिश्रमिक नपाउने समस्या राजधानीमा भन्दा मोफसलमा बढी छ ।

न्यूनतम पारिश्रमिक नपाउनेमध्ये ८४.१ प्रतिशत पत्रकार महिला मोफसलका छन् । धेरैजसो पत्रकार महिलालाई यातायातको असुविधाले काम गर्न अप्ठ्यारो पार्ने गरेको पाइएको छ । सर्वेक्षणमा भाग लिएका ५६.२ प्रतिशत महिलाले यातायातको असुविधा हुँदा समस्या खेप्नुपरेको उल्लेख गरेका छन् ।

तलब सुविधामा लैंगिक विभेद पछिल्लो समय घट्दै गएपनि अझै यो समस्या हटिसकेको रहेनछ । सर्वेक्षणमा भाग लिएका १९.४ प्रतिशत पत्रकार महिलाले पारिश्रमिकमा लैंगिक विभेद खेपेको बताएका थिए । यस्तै, २४.९ प्रतिशत पत्रकार महिलाले जिम्मेवारी पाउनमा लैंगिक विभेद भोगेको बताएका थिए ।

देशभरिका ९०७ सञ्चारगृहबाट प्राप्त जानकारी अनुसार राजधानीमा कार्यरत २ हजार १ सय ९४ श्रमजीवी पत्रकारमध्ये पत्रकार महिला ४ सय ६२ जना अर्थात्, २१ प्रतिशत छन् । मोफसलमा ५ हजार २ सय ४४ श्रमजीवी पत्रकार छन् ।

तीमध्ये १ हजार ४०० जना (२६.७ प्रतिशत) पत्रकार महिला छन् । यसैगरी पत्रकार महिला सञ्चार माध्यमहरू मध्ये धेरैजसो रेडियोमा कार्यरत रहेको पाइएको थियो । श्रमजीवी पत्रकार महिलामध्ये रेडियोमा ४७.८ प्रतिशत, छापामाध्यम (पत्रपत्रिका) मा ४०.५ प्रतिशत, टिभीमा १० प्रतिशत र अनलाइनमा १.७ प्रतिशत कार्यरत रहेको पाइएको थियो ।

सञ्चारगृहले उपलब्ध गराएको तथ्यांक केलाउँदा मुख्य निर्णायक पदमा महिलाको संख्या निकै निराशाजनक देखिएको थियो ।
मुलुकभरिको अवस्था हेर्दा कुल ४१ प्रधान सम्पादकमध्ये २.४ प्रतिशत मात्रै महिला देखिएको थियो । यस्तै, प्रबन्ध÷कार्यकारी सम्पादक ४७ जनामध्ये महिला ४.३ प्रतिशत र ७ सय ७७ सम्पादकमध्ये ११.१ प्रतिशत महिला रहेको पाइएको थियो ।

सरसर्ती हेर्दा सम्पादक तहमा धेरै महिला भएजस्तो देखिए पनि प्रभावकारी सञ्चार संस्थामा भने औंलामा गन्न सकिने मात्रै महिला छन् । राजधानीका ३२ सञ्चारगृहको तथ्यांक हेर्दा त्यसमा प्रधान सम्पादक कुल १२ र प्रबन्ध÷कार्यकारी सम्पादक ६ मध्ये महिलाको संख्या शून्य छ ।

यस्तै, सम्पादक कुल ६७ मध्ये पुरूष ९८.५ र महिला १.५ प्रतिशत छ । अधिकांश सञ्चारगृहसँग स्पष्ट रूपमा लैंगिक नीति नभएको पाइयो । ६१.८ प्रतिशतले आपूmसँग लैंगिक नीति नभएको बताएका छन् । सर्वेक्षणमा भाग लिएका १४.७ प्रतिशत सञ्चारगृहले मात्रै छुट्टै लैंगिक नीति रहेको बताए भने २३.५ प्रतिशतले त्यसबारे बताउन चाहेका थिएनन् ।

सञ्चारगृहका व्यवस्थापक र सम्पादकीय विभाग प्रमुखहरूका अनुसार पेशाको निरन्तरतामा समस्या र पत्रकारिताका लागि चाहिने आवश्यक क्षमता नहुनु पत्रकार महिलाको कमजोरी हो ।

सहनशीलता र धैर्य, कामप्रतिको समर्पण र उत्तरदायित्वलाई उनीहरूले पत्रकार महिलाका सकारात्मक पक्षका रूपमा उल्लेख गरेका छन् । पत्रकारको हकहितमा काम गर्ने संस्थामध्ये नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकार महिला १६ प्रतिशत मात्र पाइएको छ ।

कूल १० हजार ९५ साधारण सदस्यमध्ये पत्रकार महिला १ हजार ६ सय १३ जना मात्र छन् । पत्रकारको हकहितमा कार्य गर्ने र मुख्य राजनीतिक दल निकट संघसंस्थाद्वारा सञ्चालित संस्थामा संगठित पत्रकार महिलाको मात्रा समान (१२ प्रतिशतको हाराहारी) पाइएको थियो ।

कुल साधारण सदस्यमध्ये नेपाल प्रेस युनियनमा १२.७ प्रतिशत, प्रेस चौतारी नेपालमा १२.५ प्रतिशत र क्रान्तिकारी पत्रकार संघमा १२.६ प्रतिशत पत्रकार महिला रहेको पाइएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: