–महिला खबर–
ललितपुर । काठमाडौं तीनकुने बस्दै आएकी वसन्ती महत अबदेखि श्रीमानसँगै बस्ने भएकी छिन् । श्रीमानले पटक–पटक कुटपिट गर्दै घरबाट निकाला गरेपछि उनी माइतीमा बस्दै आएकी थिइन् ।
‘प्रहरीमा मिलापत्र, घर पुगेपछि कुटपिट’ भन्ने शिर्षकमा महिला खबरमा उनको बारेमा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएसँगै श्रीमानले आफूसँगै राख्ने बताएको उनले बताइन् ।
महिला खबरसँग कुरा गर्दै उनले भनिन्, ‘अहिले श्रीमानले छोरालाई विद्यालयमा पढाइदिने र कोठा लिएर राख्ने भन्नुभएको छ । कोठा खोज्दै छु ।’
प्रहरीमा उजुरी गर्दा गर्दै हैरान भएकी उनी श्रीमान कल्याण सिंह महतसँगै बस्ने भएपछि खुसी छन् । श्रीमानका दुई भाइ विदेश रहेकाले अहिले अंशबण्डा गर्न गाह्रो पर्ने भन्दै कोठा भाडामा बस्न लागेको उनले बताइन् ।
यो पनि हेर्नुहोस्
Comment Here!