बडीमालिका ३ छाउगोठमुक्त घोषणा


प्रकाशित मिति :2018-05-03 17:59:05

– महिला खबर-

ललितपुर । बाजुराको बडीमालिका नगरपालिका ३ लाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ । ३ नम्बर रहेका ३ सय ९५ घरधुरीका महिला छाउगोठ भत्काएर घरमा अलगै बस्न थालेपछि वडालाई छाउगोठ मुक्त घोषणा गरिएको हो ।

जिल्लालाइ नै छाउगोठ मुक्त बनाउने उद्देश्यले अहिले जिल्लाका जनप्रतिनीधिहरुले जिल्लामा अभियान सञ्चालन गरिरहेका छन ।
‘महिला माथि हुने सबै प्रकारका हिंसाको अन्त्य गरौं, सभ्य समाज निर्माणमा हामी सबै लागि परौं’ भन्ने नाराका साथ बिहीबार एक

कार्यक्रमको आयोजना गरी वडालाई छाउगोठ मुक्त बनाईको पत्रकार लक्ष्मीराज पाध्यले जानकारी दिए ।

बडिमालीका नगरपालिका ‘महिलासँग उपप्रमुख’ कार्यक्रम अन्तरगत नगरपालिका भित्र महिलामाथि हुने हिंसाको न्यूनिकरण गर्न विभिन्न कार्यक्रम भइरहेका उनले बताए ।

छाउ प्रथाकै कारण सुदुरपश्चिम बदनाम भएको बताउँदै अब जनप्रतिनीधिले नै पहल चाल्नुपर्ने उपप्रमुख कबिता बिस्टले बताइन् । बडीमालिका नगरपालिकालाइ ५ वर्ष भित्र छाउगोठ मुक्त र हिंसा रहित समाज बनाउनका लागि आफु लागिपरेको उनले बताएकी छिन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: