ललितपुर । बोको हराम नाईजेरियामा सन् २००२ मा महोमद यूसुफले स्थापना गरेको एक सशस्त्र विद्रोही समूह हो । इस्लामिक राज्य स्थापनाका लागि यो समूहले सन् २००९ देखि हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको छ ।
उक्त समूहलाई नियन्त्रण गर्न नाईजेरियाको सरकारले एक फरक खालको सिकारी समूह नै खडा गरेको छ जसको नेतृत्व एक महिलाले गरेकी छिन् ।
ऐशा बाकारी गोम्बीले बोको हराम विरुद्धको लडाईका क्रममा आफूलाई वास्तविक जीवनको सुपर हिरो नै सावित गरिसकेकी छिन् । यसै सन्दर्भमा ती सिकारी महिलाको बारेमा तयार परिएको फोटो कथा अलजजीराले प्रस्तुत गरेकाे छ ।

बामाङ्गा, एक सिकारी ऐशालाई स्मार्ट फोनको प्रयोग गर्ने तरिका सिकाउँदै । उनीे बोको हरामका एक कुशल सिकारी हुन् ।
मानव जातिको उदय भएदेखि, अफ्रिकाको जङ्गलमा सिकारीहरुको जगजगी त रहदै आएको थियो तर २१ आंै शताब्दीमा नाईजेरियाको उत्तरी क्षेत्रमा अब त्यस्तो परम्परागत सिकार गर्ने अभ्यास हराईसकेको छ । खासमा त बोको हराम र सरकारी सेनाबीचको युद्धका कारण सबैखाले जनावरहरु उक्त क्षेत्रबाट भागिसकेका छन् ।
अहिले त सिकारीहरुले विद्रोहीहरुलाई घेराबन्दीमा पार्छन् र गिरफ्तार गर्दछन् । परम्परागत सीप र आध्यात्मिक विश्वासका कारण ती सिकारीहरुले विद्रोहीहरुलाई सजिलै समात्छन् र सेनालाई बुझाउँछन् ।
कहिलेकाँहि सित्तैमा वा एकदमै कम पैसामा ती सिकारीहरुले स्थानीय स्तरमा तयार पारिएका घरेलु हतियार प्रयोग गरि अत्याधुनिक हतियार सहितका विद्रोहीसँग युद्ध गर्छन् ।
बोकोहरामले हालसम्म लाखौ हजार मानिसहरुको हत्या गरिसकेको छ । भने करिब २३ लाख भन्दा बढीलाई विस्थापित गरेको छ । त्यसैले यसलाई विश्वकै सबैभन्दा खराब सशस्त्र समूहका रुपमा वर्गिकरण गरिएको छ ।
ऐशा सिकारीहरुको प्रमूख हुन् । उनलाई युद्ध मैदानमा राम्रो बहादुरी देखाएको र विद्रोहीबाट समुदायलाई बचाएका कारण ‘क्विन हन्टर’ को उपाधि दिईएको छ ।
बोको हरामका सैन्य अखडाहरु हिमाल र जङ्गलका बिचमा छन् जहाँ ऐशा आफ्नो बाल्यकालमै पितासँग सिकार गर्न गएकी थिईन् । त्यसैले उनलाई साम्बिसा जङ्गलका बारेमा राम्रो ज्ञान छ । यो सिकारीका लागि एक पवित्र स्थान हो । त्यसकारण पनि यो जङ्गललाई बोको हरामको चङ्गुलबाट मुक्त पार्नु महत्वपूर्ण ठानिन्छ ।

साम्बिसा जङ्गलमा ऐशा र उनको कमाण्डमा रहेका अरु सिकारीहरु बोको हरामलाई खोज्ने क्रममा रुखमुनी आराम गर्दै ।
ती सिकारीहरुले सयांै बन्दीहरुलाई बोको हरामको पञ्जाबाट छुटाएका छन् । खासमा त बालबालिकाहरुको उद्धार गर्न ऐशालाई बढी उत्साहित बनाउँछ । २०१७ मा ३९ वर्षको उमेरमा उनी पहिलो पटक गर्भवती भईन् ।
गर्भवती भएको बेला पनि उनले बालबालिकाहरुको उद्धार गरिरहिन । र जति बालबालिकाको उद्धार गर्थिन् र तिनलाई बोको हरामको नियन्त्रणबाट उन्मुक्ति दिन सफल हुन्छिन् । उनलाई ती बालबालिकारुको पुर्नजन्म दिएको महसुस हुन्छ ।

गर्भवती अवस्थामा पनि ऐशाले सिकार गरिरहिन् ।
ऐशा बोको हरामसँग लडार्इंमा नरहेको बेला गाउँमा समाजिक नियमहरु बनाउने र नियमन गर्ने गर्छिन् । उत्तरी नाईजेरियमा खासमा घरायसी मामला र बालबालिका हेरचाहका सवालमा महिला कै निर्णय हावी हुने प्रचलन छ ।
ऐशाको जीवन अरु महिला र पुरुषहरुको भन्दा बेग्लै छ । उनले प्रदर्शन गरेको बहादुरीको कारणले उनको कथा, ‘क्विन हन्टर’ अफ्रिकामा लोक कथा नै साबित भएको छ ।
ऐशा र उनका श्रीमान् जसले बोको हराम विरुद्ध लड्ने क्रममै बिहे गरे ।

ऐशा, उनका पितासँग गैंडा, जङ्गली भैंसी र अन्य जङ्गली जनावरहरुको सिकार गर्दै हुर्किइन् जो अहिले बोको हरामको सिकार गर्छिन् ।
ऐशाले अधिक विश्वास गर्ने मध्येको एकजना सिकारी खालिद पछाडी उभिएका छन् । उनी जहिले पनि मिसनको बेला ऐशासँगै रहने गर्छन् ।
ऐशा सिकारमा नगएको बेला पनि उपहरणमा परेका बालबलिका तथा महिलाहरु कै बारेमा चिन्ता गरिरहन्छिन् । सिकारीहरु प्रायजसो बोको हरामका विरुद्ध लड्न घरेलु हतियारहरु नै प्रयोग गर्दछन् ।

ऐशाले औषधिका लागि कामलाग्ने जडिबुटीका बारेमा अफ्ना पिताबाट जानकारी हासिल गरेकी छन् । उनका अरु सहयोद्धाहरुले उनलाई औषधि विज्ञका रुपमा पनि चिन्दछन् ।

बोको हराम लुक्ने गरेको साम्बिसा जङ्गलमा जान मोटरलाईकल उपयूक्त साधन हो जसमा ऐशा र उनका सहकर्मी सवार छन् ।
Comment Here!