-महिला खबर-
ललितपुर । अबदेखि महिनावारी स्वच्छता दिवस सरकारले नै मनाउने भएको छ । खानेपानी मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा खानेपानी मन्त्री बीना मगरले हरेक वर्ष २८ मे का दिन मनाइने अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस यस वर्षदेखि सरकारी स्तरबाट मनाइने बताइन् ।
सरकारी स्तरबाट दिवस मनाउँदा जनचेतना फैलाउन सहयोग पुग्ने भन्दै मन्त्री मगरले भनिन्, ‘महिनावारी स्वच्छताको विषय चेतना र संस्कारसँग जोडिन्छ । तसर्थ, यसमा सरकारको प्रत्यक्ष संलग्नता हुनुपर्छ ।’ मन्त्री मगरले महिनावारीको विषय समाजमा अझै खुलेर भन्न सक्ने अवस्था नरहेको बताइन् ।

?
खानेपानी तथा सरसफाइ समन्वय परिषद WSCC नेपालका राष्ट्रिय संयोजक गुणराज श्रेष्ठले अबदेखि सरकारी स्तरबाटै दिवस बनाइने भन्दै दिवस मनाउन खानेपानी मन्त्रालय सँगसँगै स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका र गृह मन्त्रालयलाई समेत संलग्न गराइने बताए ।
खानेपानी मन्त्रालयका सहसचिव अनिलभद्र खनालको संयोजकत्वमा समिति गठन गरेर दिवसको तयारी गरिने मन्त्रालयका सचिव कृष्णराज बिसीले बताए ।
अन्तर्राष्ट्रिय स्तरमा सन् २०१४ देखि मनाउन शुरु गरिएको दिवस नेपालमा सन् २०१५ देखि मनाउन थालिएको हो । कार्यक्रममा सहभागिहरुले विद्यालय पढ्ने किशोरीलाई महिनावारीको समयमा बढी समस्या हुने गरेको भन्दै विद्यालयमा महिलामैत्री शौचालय हुनुपर्नेमा जोड दिएका थिए ।
Comment Here!