अधिकारकर्मी योञ्जनलाई सम्मान


प्रकाशित मिति :2018-05-07 14:48:03

–महिला खबर–

ललितपुर । अधिकारकर्मी सृजनासिंह योञ्जनलाई राजधानीमा सम्मान गरिएको छ ।  दुई दशक भन्दा लामो समयदेखि अधिकारको क्षेत्रमा क्रियाशील योञ्जनलाई वकिलहरूको संस्था ल्यानकाउ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेकी हुन् ।

योञ्जनले राजधानी लगायत देशको दुर दराजमा रहेर महिलाको आत्म सम्मानसहितको अधिकार स्थापनाका लागि काम गर्दै आएका महिलाहरूको खोजी गरी हरेक वर्ष नौ जना महिलाहरूलाई नौ देवीको नाममा आफैले स्थापना गरेको ‘सेलिब्रेटिङ वुमनहुड नवदेवी सम्मान’ प्रदान गर्दै आएकी छन् ।

सिंगो समाज परिवर्तनका लागि ज्यान दिएर काम गर्ने महिलाहरूलाई प्रोत्साहन गरेका कारण सृजनाको सकारात्मक योगदानको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको ल्यानकाउ नेपालका कार्यकारी निर्देशक आकाश बागचन्दले बताए ।

 

यस्तै सृजनाकै पहलमा यस वर्षदेखि नेपाली महिलाको जीवनीलाई बेलायतको लिभरपुलस्थित लिभरपुल जोन मुर्स विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गरि अध्यापन शुरु गरेको छ । विभिन्न क्षेत्रमा सक्रिय २५ जना महिलाका प्रेरणादायी जीवनकथालाई त्यहाँको समाजशास्त्र विभागले स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै योञ्जनले १४ वर्ष अघिदेखि शुरु भएको ‘सेलिब्रेटिङ वुमनहुड नवदेवी सम्मान’बाट सम्मानित भएकाहरूबाट छनौट गरी उनीहरूको जीवनीलाई पाठ्यक्रममा राखिएको जानकारी दिइन् ।

योञ्जन र उक्त विश्वविद्यालयकी रिडर डा. सारा पार्करले तयार पारेको ‘सेलिब्रेटिङ वुमनहुडः विमेन हु इन्स्पायर पोजेटिभ चेन्ज’ नामक उक्त पुस्तकमा काममार्फत नेपाली समाजमा परिवर्तनका लागि काम गर्ने संघर्षशिल महिलाका यथार्थ कथा/अनुभव समेटिएका छन् ।

उक्त पाठ्यक्रममा समावेश हुने महिलाहरूमा महिला आधारशिलाका रेणु शर्मा/कमला सुवेदी, निर्मला बागचन्द, अमिरा दली, कल्पना कार्की, जुबेदा खातुन, इन्दिरा रानामगर, लक्ष्मी रानामगर, तृप्ता लुंगेली मगर, सरिता मिश्र, चमेली वाइवा, रिन्छिन योञ्जन लामा, ज्ञानीशोभा तुलाधर, मेनुका थापा, रामदेवी तामाङ, निशा शर्मा, केशरी थापामगरलगायत रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: