लैंगिक हिंसा गर्नेलाई संरक्षण नगर्न निर्देशन


प्रकाशित मिति :2018-05-07 17:11:50

–महिला खबर–

ललितपुर । स्थानीय तहका जनप्रतिनिधिहरुका लागि आज एक दिने लैंगिक हिंसा न्यूनिकरण अभिमुखिकरण भएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला तथा बालबालिका विभागले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा स्थानीय तहका प्रतिनिधि सहभागी छन् ।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले लैंगिक हिंसा निवारणका लागि अब स्थानीय तहका प्रतिनिधिहरुको भूमिका प्रभावकारी हुनुपर्ने बताइन् ।

कानुनी ज्ञानको अभावका कारण कतिपय जनप्रतिनिधिबाटै बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति दिने काम भएको भन्दै मन्त्री थापाले लैंगिक हिंसा गर्नेलाई संरक्षण नगर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिइन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका स्थानीय तहका ३६ जना प्रतिनिधको सहभागिता रहेको थियो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: