–ज्ञानु पंगेनी–
नवलपरासी । नवलपरासीको पूर्व कावासोती नगरपालिका वडा नं. १ बालुवाडाँडामा खोप केन्द्र नहुँदा समस्या भएको छ । गर्भवती महिला र बच्चाका आमाहरुले खोप केन्द्र नहुँदा डेढ घण्टाको बाटो हिँड्नुपर्ने बाध्यता छ । बालुवाडाँडा कावासोती नगरपालिकाको विकट पहाडी क्षेत्र हो ।
यहाँबाट खोप लगाउन कावासोती वडा नम्बर ६ विष्णुनगरमा रहेको सहरी स्वास्थ्य केन्द्रमा जानुपर्ने बाध्यता छ । खोपकेन्द्र आउन डेढघण्टासम्म हिँड्नुपर्ने बाध्यता भएको बालुवाडाँडाकी राम कुमारी सुनारीले बताइन् । उनले भनिन्, ‘गाडी पाईदैन दुधे बालक बोकेर हिँड्न साह्रै गाह्रो हुन्छ ।’
सुनारीको अहिले साढे नौ महिनाको छोरा छ । उनी प्रतेक महिनाको १६ गते खोप लगाउन विष्णुनगर आउने गर्छिन । खोप लगाउने दिन बिहान आठ बजेतिर नै खाना खाएर हिँड्ने गरेको उनी बताउँछिन् । सुनारी भन्छिन्, ‘खोप लगाउन बिहानै ८ बजे खाना खाएर जान्छु । दुई-तीन घण्टा लाईन बस्नुपर्छ । फर्किदा त साँझपर्छ ।’
सुनारी जस्तै यहाँका अन्य गर्भवती महिलाहरुको समस्या पनि त्यस्तै छ । पहिलेदेखि नै गाउँमै पायक पर्ने ठाउँमा खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेपनि सुनुवाई नहुँदा समस्या भएको को गुनासो छ । गाउँमै खोपकेन्द्र सञ्चालन गर्न नमिले पनि पायक पर्ने ठाउँ कावासोती १ हात्तीखोरमा भएपनि खोपकेन्द्र स्थापना गरेमा धेरै राहत पुग्ने बताएका छन् ।
खोप, भिटामिन ए र जुकाको औषधी खुवाउने व्यवस्था शिव मन्दिर स्वास्थ्य चौकीले गर्दै आएको छ । शिवमन्दिर स्वास्थ्य चौकीका प्रमुख मुकेश कुमार यादवले यस सम्बन्धमा कुरा उठेपनि प्राविधिक र नीतिगत कारणले समस्या भएको बताए ।
एउटा स्थानीय तहमा कम्तीमा तीनदेखि बढीमा पा“चवटासम्म खोपकेन्द्र सञ्चालन गर्न पाईने व्यवस्था रहको र अहिले पा“च ठाउँमा नै खोपकेन्द्र सञ्चालन भईरहेकाले नया“ खोपकेन्द्र संचालन गर्न नसकिने प्रमुख यादवको भनाई छ ।
खोप लगाउन प्रयोग हुने औषधी संवेदनशिल र धेरै महंगो समेत हुने भएकाले ग्रामीण क्षेत्रमा पु¥याउन समेत समस्या हुने प्रमुख यादव बताउँछन् ।
बैठकमा कावासोतीको गुम्बाचोकमा रहेको खोपकेन्द्रलाई हात्तीखोरमा सार्ने कि भन्ने विषयमा समेत छलफल भएको यादवले बताए ।
गुम्बाचोकमा रहेको खोपकेन्द्र शिवमन्दिर स्वास्थ्यचौकी नजिकै रहेको र त्यहाँका सेवाग्राहीलाई स्वास्थ्य चौकीमा आएर खोप लगाउन
खासै समस्या पनि नहुने देखिएकाले उक्त खोपकेन्द्रलाई हात्तीखोरमा सार्न सकिने यादवको भनाई छ । यादवले सम्बन्धित पक्षसँग छलफल गरेर बालुवाडाँडाको समस्या समाधान गर्न पहल गर्ने बताए ।
बालुवाडाँडामा २५ घरधुरी छन् । यहाँबाट अहिले १५ जना बालबालिकाहरु खोप लगाउन, भिटामिन ए र जुकाको औषधी खान विष्णुनगर आउने गरेका छन् । जसमा दुई वर्ष मुनीका ८ बालबालिका छन् भने ५ वर्ष मुनीका ७ जना बालबालिका रहेका स्वास्थ्य चौकीका अहेव किरजंग पाण्डेले जानकारी दिए ।
यस स्वास्थ्य केन्द्र मार्फत कावासोती नगरपालिकामा बालिका ३ सय ३३ र बालक ३ सय ८० गरि जम्मा ७ सय १३ जना बालबालिकाहरुले सेवा लिँदै आएका छन् ।
Comment Here!