बालिका बलात्कार गर्नेलाई आठ वर्ष कैद


प्रकाशित मिति :2018-05-10 13:06:08

-महिला खबर- 
ललितपुर । जिल्ला अदालत भक्तपुरले बालिका बलात्कार गर्ने एक युवालाई आठ वर्षको कैद सजाय सहितको फैसला सुनाएको छ ।

चौध वर्षीया बालिकालाई बलात्कार गर्ने सिन्धुली दुधौली नगरपालिका–५ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्दै आएका २१ वर्षीय विशाल सुनच्यौरीलाई आठ वर्ष कैद सजायको फैसला गरेको हो ।

अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले न्यायाधीश मातृकाप्रसाद मरासैनीको एकल इजलासले कैद फैसलाका साथै पीडकसँग क्षतिपूर्ति भराउने कुनै कुरा नभएकाले महिला बालबालिका कार्यालयमार्फत एक लाख रुपैयाँको क्षतिपूर्ति भराउने फैसला भएको जानकारी दिए ।

कक्षा ९ मा अध्ययनरत बालिकालाई सुनच्यौरीले २०७४ साल साउन २ गते राति करीब १० बजे दुवाकोटकै गोरे भण्डारीको मकैबारीमा लगेर बलात्कार गरेको खुल्न आएको हो ।

बालिकालाई बोलाएर एउटा कुरा गर्नुछ भनी मकैबारीमा लगेर आफूले भनेको नमाने मार्ने धम्की दिई बलात्कार गरेको सोही दिन घर पुगेपछि बालिकाले आमालाई बताएकी थिइन् ।

परिवारले साउन ३ गते प्रहरीमा किटानी जाहेरी दिएपछि महानगरीय प्रहरी बृत्त थिमिको टोलीले सोही दिन सुनच्यौरीलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा चलाएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: