ललितपुर । इरानी महिलाहरूले फुटबल खेलमा उपस्थित हुन अपनाएको अनौठो प्रकृयाको खुलासाले धेरै मानिसहरूको ध्यान आकर्षण गरेकोे छ ।
गत शुक्रबार ईरानमा केही महिलाहरूले नक्कली कपाल र दाह्री प्रयोग गरेर आफूलाई पुरुषको भेषमा प्रस्तुत गरे । ताकी उनीहरूको टिम पोलिसको खेल तेहरानको आजादी रंगशालामा हेर्न सकुन् ।
रङ्गशालामा बसेका ती महिलाहरूका तस्विरहरू पर्सियन र अंग्रेजी सामाजिक सञ्जालहरूमा व्यापक रुपमा प्रचार गरिए ।
हुनत इरानमा महिलाहरूलाई खेलकुद हेर्न जान आधिकारीक रुपमा निषेध त गरिएको छैन । तर पनि प्रायजसो महिलाहरूको प्रवेश इन्कार गर्ने वा नरुचाईने गरिएका कारण महिलाहरू विरलै मात्र सहभागी हुन्छन् ।
सन् १९७९ को इस्लामिक क्रान्ति अगाडिसम्म महिलाहरूलाई खेलकुदका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन् अनुमति दिईन्थ्यो ।
विगतमा महिलाहरू खेलमा सहभागी भएकै कारण सजाय भोग्न बाध्य हुन्थे । सन् २०१४, व्रिटिश–इरानी अभियन्ता घोन्चे घाभामीले इरानमा पुरुषहरूको भलिबल खेल हेर्ने प्रयास गर्दा उनलाई प्रतिबन्ध लगाइयो । र सन् २०१८ मा ३५ महिलाहरूलाई पनि फुटबल खेलमा सहभागी हुन प्रयास गर्दा त्यसैगरि प्रतिबन्ध लगाइयो ।
गत फेब्रुअरीमा भने महिलाहरूलाई तेहरानमा मुख्य बास्केटबल खेल हेर्न अनुमति दिइयो । तर तिनीहरू पुरुषहरू बसेको भन्दा छुट्टै ठाउँमा बस्नु पथ्र्यो ।
तस्विरमा भएका महिलाहरू मध्य एक महिलाले यस्तो चाल चलेको यो तेस्रो पटक हो । उनले एक स्थानीय पत्रिकालाई भनेअनुसार उनी हरेक पटक फरक–फरक भेषमा खेल हेर्न जाने गर्दथिन् ।
‘मैले फरकफरक मेकअपका बारेमा गुगलमा खोजेँ, नयाँ तरिकाहरू सिकेँ र रङ्गशालामा जान ती विधिहरूको प्रयोग गरें,’ उनले भनिन् । उनले उक्त पत्रिकासँगको कुराकानीमा भनिन्, ‘उनी सुरक्षकर्मीबाट एक पटक मात्र रोकिएकी थिइन् । उनले अरु महिलाहरूलाई सम्पर्कमा रहन प्रोत्साहित गरिन् र भेष बदल्ने प्रविधीहरू सिकाउने प्रस्ताव समेत गरिन् ।’
कहिल्यै समातिने डर थियो कि भन्ने प्रश्नमा उनले उत्तर दिइन्, ‘म किन डराउने ? हामी महिलाहरूले रङ्गशालामा गएर कुनै अपराध गर्दैनौ । कानुनले रगंशालामा महिलाको उपस्थितीलाई अपराधको रुपमा परिभाषित गरेको छैन । तर पनि तिनीहरूले केही महिलाहरूलाई रोके र फेरि फर्केर त्यहाँ नजाने लिखित बाचा गराए ।’
ती तस्विरहरू शुरुमा तिनै महिलाहरूका सामाजिक सञ्जालमा प्रेषित गरिएका थिए । साथै तिनीहरूले प्राप्त गरेका सबै जसो प्रतिक्रियाहरू उत्साहजनक थिए ।
सामाजिक सञ्जालमा ‘तपाँईले राम्रो गर्नुभयो । यसको लागि यस्तै साहस चाहिन्छ ।’ एउटा प्रतिक्रिया यो पनि थियो ।
तर सबैजना खुसी थिएनन् । ‘किन तिमी गएर महिलाको खेल हेर्दैनौ ? पुरुषको रङ्गशालामा किन जानु प¥यो ? अर्को एक जनाले प्रतिक्रिया दिएका छन् ।
खेल समाचारपत्रले उपस्थित महिलाहरू मध्य एक जनालाई उनी कसरी सुरक्षाकर्मीबाट बचिन् भनेर सोधेको प्रश्नमा उनले भनिन्, ‘हामी समूहमा पहिलो र दोस्रो गेटबाट गयौं र कसैले पनि अनुमान लगाएन । तर हामी बसिसकेपछि भने सबैले थाहा पाए ।’
‘तिनीहरू हामी भएको ठाउँमा आए र त्यहाँ गएकोमा हाम्रो प्रशंसा गरे र हामीसँग सेल्फी लिए । र अर्को रमाइलो कुरा तिनीहरू सबै, जसले हामी महिला हौँ भनेर थाहा पाए खेल अवधि भर हाम्रो बारेमा नराम्रो केहि बोलेनन् ।’ उनले अगाडी थपिन्, ‘केहि पुरुषहरूले तिनीहरू ठीक छन् भनेर निश्चित गराउन त्यो समूहलाई साथ दिए ।’
‘हाम्रो उद्देश्य भनेको तिनीहरूले सबै महिलाहरूलाई रङ्गशालामा प्रवेश अनुमति नदिएसम्म यसै गरि गइराख्ने हो ।’
‘हामीहरू यो सब अधिकारीहरूलाई यो बताउनका लागि गरिरहेका छौ कि, यदि तिनीहरूले हामीलाई भित्र जान दिएनन् भने पनि हामी गइरहनेछौ, दाह्रीसहित वा दाह्री बिना ।’
स्रोतः बीबीसी
Comment Here!