-महिला खबर-
ललितपुर । दुई बालिकालाई बलात्कारपछि फरार रहेका दुई युवकमध्ये एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीररगञ्ज महानगरपालिकामा १७ का सिकिन्दर यादव रहेका छन् । उनलाई सुराकीको आधारमा वीरगञ्ज बसपार्कबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजन लिम्बुले महिला खबरलाई जानकारी दिए ।
उनले भने, ‘पक्राउ परेका यादवको थप अनुसन्धान भइरहेको छ भने फरार रहेका अर्का युवकको भने खोजी भइरहेको छ ।’
चैत्रमा १५ गते बिहान ४ बजे दिसा गर्न उखु बारीमा गएका दुई दलित १५ वर्षीया बालिकालाई यादव र अर्का युवकले बलात्कार गरि फरार रहेका थिए । बालिका बलात्कृत भएसँगै पीडित पक्षले चैत १८ गते जिल्ला प्रहरी कार्यालयका जाहेरी दिएका थिए ।
यो पनि हेर्नुहोस्
Comment Here!