–महिला खबर–
पाँचथर । पाँचथर जिल्ला अदालतले बलात्कार गरेको आरोपमा पाँचथरका २ जना युवालाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ ।
विहीवार जिल्ला न्यायाधीश मनोज केसीको इजलासले फिदिम नगरपालिका १ का १८ वर्षीय जयन्द्र तामाङ र सोही ठाउँका १९ वर्षीय समिर केरुङविरुद्ध जनही १० वर्ष कैदको फैसला गरेको हो ।
आरोपितहरू विरुद्ध मुलुकी ऐनको महल १४ को जबरजस्ती करणीको ३, ५ अनुसार पाँच वर्ष र सामूहिक बलात्कार गरेकाले ३ क अनुसार थप पाँच वर्ष गरी जनही १० वर्ष कैदको फैसला गरिएको पाँचथर अदालतले जनाएको छ ।
यसैगरी, पीडितलाई आरोपितहरूबाट जनही २० हजार रुपियाँ क्षतिपूर्ति दिलाइ भराइको समेत केसीको इजलासले फैसला गरेको छ ।
पीडितको उजुरी अनुसार ०६९ मा आरोपितहरू विरुद्ध प्रहरीले अभियोग दर्ता गरेको थियो । आरोपितहरू फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको थियो ।
प्रहरीले आरोपितहरुलाई गिरफ्तार गरेपछि ०७४ माघ ११ गते मुद्दा दायर गरेको थियो ।
केसी इजलासको फैसला अनुसार आरोपितद्वयलाई कैद भूक्तानका लागि कारागार चलान गरिएको अदालतका सूचना अधिकारी मोहन लिम्बूले जानकारी दिए ।
Comment Here!