–महिला खबर–
ललितपुर । अभिभावकले जिम्मा नलिँदा बिचल्लीमा परेकी किशोरीलाइ आफन्तले घरमा लगेका छन् ।
वीरगञ्ज महानगरपालिकाकी १८ वर्षीया किशोरी साथीहरुसँगै घुम्न गएका बेला आफ्नै काकाले सोही महानगरपालिका वडा नम्बर १२ रानीघाटका पंकज साहसँग विहे गरेर भागेको भन्दै प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए ।
प्रहरीले किशोरी र पंकज साहलाई उजुरी दिएकै दिन बैशाख २३ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराएको थियो । तर प्रहरीले पटकपटक किशोरीका अभिभावकलाई छोरी जिम्मा लिन बोलाउदा समेत उनीहरु प्रहरी कार्यालयमा नआए पछि यही बैशाख ३० गते आइतबार महिला खबरमा ‘अभिभावकले जिम्मा नलिँदा किशोरीको बिचल्ली’ शिर्षकमा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएकै दिन आइतबार राती किशोरीलाई उनकी आमाले जिल्ला लिएकी हुन् । पंकज साहका अभिभावकले भने सोही दिन उनलाई जिम्मा लिइसकेका थिए ।
किशोरीलाइ आइतबार राती ८ बजे उनकी आमा आएर बुझेर लगेकोे महिला तथा बालबालिका सेवा केन्द्र पर्साकी असई सनुजा श्रेष्ठले जानकारी दिइन् ।
यो पनि हेर्नुस्
Comment Here!