दरबारमार्ग बलात्कार काण्ड : घटनाको मिसिल सरकारी वकिल कार्यालयमा


प्रकाशित मिति :2018-05-15 12:32:17

-महिला खबर-

ललितपुर । काठमाडौं दरबारस्थित होटल ल्याण्डमार्कमा भएको सामुहिक बलात्कारको घटनाको मिसिल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको छ ।

गएको माघ ७ गते एक युवतीमाथि भएको सामुहिक बलात्कारको विषयमा गरिएको अनुसन्धान प्रतिवेदन सोमबार सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको हो ।

काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाको अनुसन्धानपछि उक्त मिसिल काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको बताए ।

प्रहरीले घटनामा संलग्न मुख्य आरोपी शैलेस कार्कीसहित ४ जनालाई प्रतिवादी बनाएर मिसिल बुझाएको छ । सोही मिसलका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्नेछ ।

घटनाका मुख्य योजनाकार कार्कीलाई भने २ महिनापछि चैत ६ गते पक्राउ गरेको थियो । कार्कीलाई प्रहरीले दरबारमार्गबाटै पक्राउ गरेको हो । बाँकी तीन जना विकास गौतम, रवि पौडेल र दीपक श्रेष्ठ फरार छन् । उनीहरुलाई फरार प्रतिवादी बनाइएको डिएसपी थापाको भनाई छ ।

आफू बलात्कृत भएसँगै युवती उजुरी दिन दरवारमार्ग वृत्त पुगेकी थिइन् । तर, वृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो ।

घटनालाई मिलापत्र गर्न दबाब दिएको रहस्य खुलेपछि इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई नियन्त्रणमा लिइएको थियो ।

वृत्तका प्रमुख डिएसपी तिलक भारतीलाई अनुसन्धानका लागि काठमाडौं परिसर तानिएको थियो । त्यसैगरी अभियुक्तलाई भगाएको आरोपमा सई चन्द भण्डारीलाई निलम्वन गरिएको थियो ।

घटनाको अनुसन्धान गर्न प्रहरीले छुट्टाछुट्टै दुई छानविन टोली बनाएको थियो । टोलीले प्रहरी पनि दोषी रहेको प्रतिवेदन दिएको थियो ।

सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाएको प्रतिवेदनमा भने प्रहरीलाई प्रतिवादी बनाइएको छैन ।

घटनाको वास्तविकता पत्ता लगाउन भन्दै महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक रामदत्त जोशीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले परिसरमा बुझाएको प्रतिवेदनमा महानगरीय प्रहरी वृत्तका अधिकारीहरूले पीडित पक्षलाई आर्थिक प्रलोभन देखाई मिलापत्र गराएर अपराध लुकाउनुका साथै छिपाउने काममा संलग्नता रहेको खुलेको थियो ।

 समितिले पीडित पक्ष र आरोपित पक्षसँग मिलापत्र गराउनेमा डिएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मण सिंह ठकुरी, प्रहरी नायब निरीक्षक चन्द्रबहादुर भण्डारीको संलग्नता रहेको ठहर गरेको थियो ।

यो पनि हेर्नुहोस्

दरबारमार्ग सामुहिक बलात्कार काण्डः मुख्य आरोपी पक्राउ

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: