दोस्रो विवाह गर्ने श्रीमान र सौता बन्न खोज्ने महिला पक्राउ


प्रकाशित मिति :2018-05-15 15:03:28

–महिला खबर–

पाँचथर । घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरी कान्छी श्रीमती भित्रर्याउनेलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुम्मायक गाउँपालिका १ का विवश मोते र कान्छी श्रीमतीको रुपमा भित्रिन खोज्ने सुमित्रा नेपाली रहेका छन् ।

जिल्लाको कुम्मायक गाउँपालिका १ बस्ने विवश मोतेकी श्रीमती सुनिता परियारले श्रीमानले दोस्रो विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएपछि नवविवाहित जोडी विवश र सुमित्रा प्रहरी फन्दामा परेका हुन् ।

उनीहरुलाई जिल्ला अदालत पाँचथरबाट बहुविवाह मुद्धामा म्याद थप गरी कार्वाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: