कुकुरले महिलालाई हिंसाबाट बचाउने


प्रकाशित मिति :2018-05-17 11:06:17

ललितपुर । स्पेनमा घरेलु हिंसा ठूलो समस्या बन्दै गइरहेको छ । त्यहाँको राष्ट्रिय तथ्याङ्क संस्था (आईएनई) का अनुसार प्रत्यक महिना करिब चार जना महिला उनीहरुको पुरुष ‘साथीहरुबाट’ मारिन्छन् ।

घरेलु हिंसा न्यूनीकरण गर्न शुरु गरिएका अनगिन्ती अभियान र सरकारी प्रावधानको बाबजुद पनि यो समस्या विकराल रुपमा रहेको छ । धेरै महिलाहरु अझै पनि उनीहरुलाई दुर्व्यवहार गर्ने पूर्व पे्रमीका त्रासमा बाँचिरहेका छन् ।

यो समस्यासँग जुध्न एउटा परोपकारी संस्थाले महिलालाई विशेष तालिम प्राप्त कुकुरहरु दिने गरेको छ । ती कुकुरहरुले महिलामाथि हिंसा र दुर्व्यवहार गर्ने साथीहरुबाट बच्न सघाउने गरेका छन् । ती कुकुरहरुले घरेलु हिंसाको जोखिममा परेका महिलाको जीवन रक्षामा मद्दत गरिरहेका छन् ।

‘म सन् २०१३ देखि घरेलु हिंसाको शिकार भएकी छु । मैले एउटा क्रुर हमाला पनि भोगेकी छु । त्यो घटनामा म झण्डै मरेकी थिएँ । त्यस बेलादेखि मेरो जीवन बचाउन म संघर्षरत छु किनभने त्यो पीडक मलाई हमला गर्न कुनैपनि बेला आउन सक्छ’ गेमा अबादले बीबीसीसँग भनिन् ।

उनले थपिन्, ‘म जस्तो घरेलु हिंसाको उच्च जोखिममा परेकाको जीवनलाई युद्धमा होमिएको सिपाहीसँग दाँज्छु । म जस्ताको लागि सुरक्षित रहन सक्ने ठाउँ ज्यादै सानो छ तर आफू जोखिममा पर्न सक्ने ठाउँ भने ठूलो छ । ठूला शहर र विश्वको कुनैपनि ठाउँमा आफू हमलामा पर्ने संभावना हुन्छ ।’

उक्त संस्थाले जोखिममा परेका महिलाको सुरक्षामा तालिम प्राप्त कुकुरहरु खटाएका छन् । महिलाले यो सेवा लिए बापत कुनै शुल्क तिर्नु पर्दैन । अहिलेसम्म ४० जना महिला यो कार्यक्रममा सहभागी भएका छन् ।

‘हामी ती कुकुरहरुलाई हिंसात्मक गतिविधि वा हमला कसरी रोक्ने भनेर तालिम दिन्छौं । हामी महिलालाई पनि त्यस्ता परिस्थितीको कसरी समाना गर्ने र प्रतिकार गरेर कसरी जोगिने भन्ने तौरतरिका सिकाउँछौं’ उक्त संस्थाका एक प्रतिनिधिले बताए ।

‘म एकदम नयाँ व्यक्ति बनेकी छु । यदि तपाईंले तीन वर्ष अघि मलाई रङ्गशालामा एउटा फुटबल प्रतियोगितामा भाग लिने एउटा पक्षको चार हजार प्रशंसकहरुको समना गर्न सक्नुहुन्छ भनेर सोधेको भए मैले बिल्कुलै सक्दिन भन्थें होला । कसैले पनि आफूमाथि हमला गर्न सक्दैन भन्ने थाहा पाउनु एकदमै राम्रो अनुभूति हो’, अमेरिका गलोनले भनिन् ।

उनी सुरक्षा कार्यक्रममा दुई वर्ष अगाडि सहभागी हुन थालिन् । अहिले उनी रियल म्याड्रिड रङ्कशालाको सुरक्षार्थ खटाईएका कुकुरहरुको इकाईको नेतृत्व गर्छिन् ।

‘म घरबाट बेलुकी पाँच बजे निस्कें भने मलाई हमला गर्ने व्यक्ति त्यहाँ हुनसक्छ । एक दिन यसरी निस्किंदा मैले अनौठो तर सुखद अनुभव गरे । मेरो कुकुर मसँगै थियो । आक्रमण गर्ने व्यक्ति ढोका बाहिर मलाई कुरेर बसेको थियो । उसले मलाई देख्यो, फरक्क फर्कियो र त्यो ठाउँ छोडेर हिंड्यो किनभने म अहिले उ भन्दा बलियो छु’, हिंसा पीडित गेमाले भनिन् ।

साभार : बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: