१७ प्रतिशत महिलामा उच्च रक्तचाप


प्रकाशित मिति :2018-05-17 15:49:00

महिला खबर

ललितपुर । नेपालमा १७ प्रतिशत महिलामा उच्च रक्तचाप हुने गरेको पाइएको छ । स्वास्थ्य विभागले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का क्रममा यस्तो तथ्य पाइएको हो ।

सर्वेक्षणका क्रममा १५ वर्ष वा सो भन्दा माथिका महिला र पुरुषहरुको रक्तचाप मापन गरिएको थियो । सो मापनका क्रममा नेपालमा १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषहरुलाई उच्च रक्तचाप भएको पाईएको हो ।

सर्वेक्षणकै क्रममा महिला २४ प्रतिशत र पुरुष ३१ प्रतिशत दुबैमा उच्च रक्तचापको संभावना बढि भएको पाईएको छ । सामान्य रक्तचाप भएकाहरुमध्ये २ प्रतिशतले रक्तचाप घटाउने औषधी खाइरहेको बताएका थिए । महिला र पुरुष दुबैमा उच्च रक्तचापको दर उमेर अनुसार बढ्दै गइरहेको पाईएको छ ।

प्रदेश अनुसार उच्च रक्तचापको स्थिति हेर्दा प्रदेश ४ का महिलाहरुमा सबैभन्दा बढी उच्च रक्तचाप २४ प्रतिशत भएको पाइएको छ ।

सर्वेक्षणका क्रममा ३८ प्रतिशत अति मोटो महिलामा उच्च रक्तचाप देखिएको थियो । यस्तै २८ प्रतिशत मोटा महिला, १३ प्रतिशत सामान्य महिला र ११ प्रतिशत दुुब्लो महिलामा उच्च रक्तचाप देखिएको थियो ।

यस्तै सर्वेक्षणका क्रममा महिला र पुरुष दुबैमा उच्च रक्तचापको दर उमेर अनुसार बढ्दै गइरहेको पाइएको छ । वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. जागेश्वर गौतम भन्छन्, ‘उच्च रक्तचाप समाज, जात, प्रदेश अनुसार फरक–फरक हुने गर्छ ।’ उमेर बढ्दै जाँदा महिला तथा पुरुषहरुमा उच्च रक्तचाप समेत बढ्ने उनी बताउँछन् ।

सर्वेक्षणमा देशकै प्रतिनिधित्व हुने गरी ११ हजार ४० छनौट भएको घरपरिवारबाट १५–४९ वर्षका १२ हजार ८ सय ६२ जना महिला र सर्वेक्षण भएका घरपरिवारमध्ये आधा घरपरिवारबाट १५–४९ वर्षका ४ हजार ६३ जना पुरुषहरुलाई अन्तरवार्तामा समावेश गरिएको थियो । यी मध्ये ९८ प्रतिशत महिला र ९६ प्रतिशत पुरुषहरुले अन्तरवार्ता दिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: