अमेरिकी गुप्तचर निकायमा पहिलो महिला निर्देशककाे नाम अनुमाेदन


प्रकाशित मिति :2018-05-18 13:26:54

ललितपुर । अमेरिकी गुप्तर निकाय सीआईएमा पहिलो महिला निर्देशकका रूपमा जिना ह्यास्पेललाई नियुक्त गर्न राष्ट्रपति ट्रम्पले गरेको सिफारीस अमेरिकी सिनेटले अनुमोदन गरेको छ ।

सन् २००१ सेप्टेम्बरमा अमेरिकामा भएका आतंकवादी हमलापछि गुप्तचर निकायले चलाएको विवादास्पद केरकार तथा सोधपूछ कार्यक्रममा उनको पनि भूमिका रहेको थियो ।

 

राष्ट्रपति बुसको कार्यकालमा सीआईएले अपनाएको पट्टी बाँधेर पानीमा डुबाउने सहितका यातना दिने कतिपय शैलीलाई लिएर सांसदहरूबीच दलीय आधारमा विभाजन देखिएपनि जिना ह्यास्पेलका पक्षमा ५४ र विपक्षमा ४५ मत परेको थियो ।

सीआईएकी वरिष्ठ कर्मचारी ह्यास्पेलले सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि थाइल्याण्डमा रहेको एउटा भूमिगत अखडा हेर्ने जिम्मेवारी पाएकी थिइन् ।

विभाजन

उनी अघिका सीआईए प्रमुख माइक पोम्पेओले विदेशमन्त्री बन्न पद छाडेका थिए । भियतनामको जेलमा पाँच वर्षभन्दा बढी अवधि बिताएका रिपब्लिकन सिनेटर जोन मक्केनले यसअघि राष्ट्रपतिको मनोनयन प्रति आफ्नो विरोध रहेको बताएका थिए ।

बिहीवार ६ जना डिमोक्रयाट सांसदहरूले पार्टीको नीति विपरित उनको पक्षमा मतदान गरे । त्यसमध्येका एक भर्जिनियाका सिनेटर मार्क वार्नरले ह्यास्पेलले सिआइएले त्यस्तो खालको केरकार कार्यक्रम सञ्चालन नगरेको भए उपयुक्त हुने धारणा आफूसँग राखेको बताए ।

उनका अनुसार राष्ट्रपतिले आदेश दिएपनि भावी दिनमा आफूले त्यस्तो यातनाका शैलीहरू नअपनाउने बताइन् । दूई जना रिपब्लिकनले उनको विपक्षमा मत हालेकाले डिमोक्र्याटहरूको समर्थनविना उनको मनोनयन स्वीकृत हुनसक्ने अवस्था थिएन ।

यातना

सीआईएमा ३३ वर्ष काम गरेकी ह्यास्पेलले अधिकांश समय भूमिगत गुप्तचरको भूमिका निर्वाह गरेकी थिइन् । सन् २००२ मा उनलाई सीआईएले थाइल्याण्डस्थित ‘ब्ल्याक साइट’ भनिने कडा केरकारका गोप्य कार्यक्रम चलाइने स्थान सम्हाल्न पठाएको थियो ।

अमेरिकी सिनेटले तयार पारेको एउटा प्रतिवेदनमा त्यहाँ कठोर यातनाहरू दिइएको निष्कर्ष निकालेको छ । एक जना अब्दल रहिम अल नासिरि नामक संदिग्धलाई क्रुर शैलीमा यातना दिइएको थियो जुन शैलीका यातनालाई राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकालमा प्रतिबन्धित गरेका थिए ।

ह्यास्पेलले जिम्मेवारी सम्हालिसकेपछि केरकार गरिएका अल नासिरीलाई निदाउनबाट वञ्चित गर्ने, नाङ्गै राख्ने, कडा तापक्रममा बस्न विवश पार्ने, सानो बाकसमा थुन्ने र पटक पटक पर्खालमा ठोक्काउने गरिएको थियो ।

तीन वर्षपछि ह्यास्पेलले उनी र अर्का एक संदिग्धलाई यातना दिइएका दृश्य समावेश ९२ वटा भिडियो नष्ट गर्न आदेश दिएकी थिइन् ।

सन् २०१४ मा अमेरिकी सिनेटले तयार पारेको एउटा प्रतिवेदनका अनुसार वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा भएका आक्रमणपछि ११९ जना पुरूषलाई यातना दिइएको थियो ।

अधिकारवादी संघ संस्थाहरूले ह्यास्पेलले थाइल्याण्डपछि पनि यातना सम्बन्धी कार्यक्रममै थप जिम्मेवारी पाएको बताउने गरेका छन् तर त्यसपछि उनको भूमिका स्पष्ट छैन् किनभने सिआइएले उनकाबारेका जानकारीलाई गोप्य राखेको छ ।

राष्ट्रपति ट्रम्पले विगतमा अमेरिकाले आतंकवादी गतिविधिका संदिग्धहरूलाई पानीमा डुबाएर यातना दिने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

स्राेत : बीबीसी 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: