एसिड छ्याप्ने प्रहरी जेल चलान


प्रकाशित मिति :2018-05-18 14:00:47

–महिला खबर–

ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्यापेको आरोपमा पक्राउ परेका ट्राफिक प्रहरीलाई बिहीबार कारागार चलान गरिएको छ ।

जिल्ला अदालतका न्यायाधीश सुर्यबहादुर थापाको एकल इजालसले पक्राउ गरेका इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत सई रामचन्द्र खनियाँलाई थुनामा राख्न आदेश दिएको हो ।

सई खनियाँले गोरखा घर भई भरतपुर महानगरपालिका ४, त्रिचोकमा डेरा गरि बस्ने कल्पना श्रेष्ठलाई गएको वैशाख ९ गते बेलुका एसिड छ्यापेका थिए । खनियाँलाई प्रहरीले सोही दिन नै नियन्त्रणमा लिएको थियो ।

खनियाका विरुद्ध कल्पनाका श्रीमान किसान श्रेष्ठले ज्यान मार्ने उद्योग (प्रयास) अन्तर्गत मुद्दा चलाउन माग गर्दै सोही दिनको भोली पल्ट वैशाख १० गते प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा प्रहरीले जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान थालेको थियो । २५ दिनसम्म हिरासतमा राखेपछि अनुसन्धान पुरा भएपछि सरकारी वकिलको कार्यालय मार्फत चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

बिहीबार मुद्दाको फैसला नहुँदासम्म खनियालाई थुनामा राख्न कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने विषयमा अदालतमा बहस भएको थियो ।

याे पनि हेर्नुस् :

प्रहरीले नै छ्यापे महिलालाई एसिड

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: