एउटै कक्षामा आमा छोरी


प्रकाशित मिति :2018-05-18 14:17:48

– एसबी जेरो

ओखलढुंगा । पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण ओखलढुंगाका एक महिलाले दिएकी छन् । सुनकोशी गाउँपालिका ८ की हेमकुमारी कटवालले छोरीसँगै एउटै कक्षामा भर्ना भएकी हुन् ।

हेमकुमारीकी छोरी १३ वर्षकी छिन् । भने हेमकुमारी ३१ वर्षकी । उनीहरु दुबै कक्षा ८ मा भर्ना भएका हुन् । स्थानीय जगत जननी आधारभुत विद्यालयमा छोरी दुर्गादेवी बस्नेतसंगै खब उनी पनि कक्षा ८ की विद्यार्थी हुन् । ‘पढाईलाई उमेरले छेक्दैन; भन्दै हेमकुमारी विद्यालयले सञ्चालन गरेको दोस्रो चरणको भर्ना अभियानका क्रममा भर्ना भएकी हुन् ।

उनले शिक्षा नै जीवन भएकाले अब नियमित रुपमा विद्यालय जाने र आफ्नो भविष्य उज्वल बनाउने बताईन् । उनले ढिलै भएपनि शिक्षाको महत्व बुझेर विद्यालय भर्ना भएको भन्दै विद्यालयले समेत अवीर लगाएर स्वागत गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: