एन्जल लामालाई मिस पिंक २०१८ को ताज(फोटो फिचर)


प्रकाशित मिति :2018-05-18 14:57:26

– महिला खबर

ललितपुर । तेस्रोलिंगी महिला एन्जल लामाले मिस पिंक २०१८ को ताज पहिरिएकी छिन् । १८ जना प्रतिस्पर्धीलाई पछाडि पारेर यो वर्षको मिस पिंक भएकी हुन् ।

उनलाई नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ र सन् २०१६ कि मिस पिंक एनी लामाले ताज सहित नगद ५० हजार रुपैयाँ प्रदान गरे । मिस पिंकको ताज पहिरिएकी लामा दुई वर्ष अघिदेखि तेस्रोलिंगी महिलाको परिचय दिदै आफ्नो यौनिकताबारे खुलेर भन्न थालेकी थिईन् ।

काभ्रे मंगलटारकी लामाले आफुलाई मिस पिंकसम्म आइपुग्न आमाको सहयोग रहेको बताईन् । मिस पिंक २०१८ को प्रतिस्पर्धामा कैलालीकी अनिषा धमला फष्ट रनर अप भइन् ।

उनले ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन । धमलालाई सन् २०१६ कि फष्ट रनर अप आकांक्षा तिम्सिनाले फष्ट रनर अपको ताज पहिराइदिइन ।

यस्तै रुपन्देहीकी अवान्तिका घर्ती मगर सेकेण्ड रनर अप भइन । उनले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् । उनलाई सन् २०१६ कि सेकेण्ड रनर अप पल्लबी शर्माले ताज लगाइदिइन् ।

यस्तै सहायक उपाधी तर्फ बेष्ट वाकमा मनिषा लामा, बेष्ट ट्यालेन्टमा सपना राना, कन्जिनियालिटीमा रुविना तामाङ, बेष्ट ड्रेसमा काजल बुढाथोकी र बेष्ट फोटोजेनिकमा साहिरा लामाले जनही १० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा मुख्य निर्णायक रहेकाे मिस पिंक प्रतियाेगितामा मिस पूर्वाञ्चल तथा मोडल प्रियारानी लामा, ब्यूटिसियन स्नेह राणा, मिस्टर नेपालका फष्ट रनर अप ध्रुब बुढाथोकी र नायिक हर्षिका श्रेष्ठ निर्णायक मण्डलका सदस्य थिए ।

मिस पिंकमा सहभागी १८ जनालाई कोरियोग्राफर राजेश लामा, मेक अप आर्टिस चन्द्र गुरुङ र फेशन डिजाइनर एनी लामाले प्रशिक्षण दिएका थिए । यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नील हिरा समाजले तेस्रोलिंगी महिलाको क्षमता प्रदर्शन कार्यक्रम आयोजना गरेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: