बलात्कार गर्ने श्रीमानको हत्या : किशोरीलाई मृत्युदण्ड


प्रकाशित मिति :2018-05-19 10:00:53

ललितपुर । १९ वर्षीया नोरा हुसेन एक सुडानी किशोरी । उनलाई श्रीमानको हत्या अभियोगमा अदालतले दोषी ठहर्यायो र मृत्युदण्डको सजाय सुनायो । नोरालाई बलात्कार गरेपछि ती पुरुषसँग जबरजस्ती बिहे गराईएको थियो ।

गत बिहिबार नोराका श्रीमानका परिवारले आर्थिक क्षतिपुर्ति लिन अस्विकार गरेपछि न्यायाधीशले उनी विरुद्ध मृत्युदण्डकोे सजाय हुने फैसला गरेका हुन् ।

सुडानको ओम्दरमन शहरमा भएको अदालती सुनुवाईमा उपस्थित पत्रकार तथा महिला अधिकारकर्मी, अमल हबानीले भनिन्, ‘नोराको श्रीमानका परिवारले अदालतको फैसलालाई सकारात्मक रुपमा लिए । ताली बजाउँदै खुसी पनि व्यक्त गरे ।’ तर अदालतमा उपस्थित हुसेनका समर्थकलाई भने यो फैसलाले निराश बनायो ।

हुसेनका कानून व्यवसायीहरुलाई यो मृत्यूदण्डका विरुद्ध पुनरावेदन गर्नका लागि अब १५ दिन मात्रै बाँकी छ । अदालती सुनुवाईमा उपस्थित अर्का अधिकारकर्मीका अनुसार ठूलो संख्यामा हुसेनका समर्थकहरु अदालत परिसरमा उपस्थित भए र फैसला विरुद्धमा नाराबाजी गरे । तर, प्रहरीले बलपूर्वक तिनीहरुलाई तितरवितर गरिदियो ।

‘उपस्थित भीडले सामूहिक हस्ताक्षर संकलन तथा पोष्टरहरु प्रदर्शन गरि फैसलामा असहमती जनायो’ राशा अबुलएलाले भनिन् – तर, प्रहरीले हातबाट पोष्टरहरु थुत्यो र तिनीहरुलाई कुटेर लखेट्यो ।’

घटनाको विरोधमा अधिकारकर्मीहरुले सामाजिक सञ्जालमा हुसिनका पक्षमा अभियान नै चलाए । जसमा जस्टिस फर नोरा लेखिएको ह्यासट्याग ट्टिरमा सर्वाधिक पोष्ट गरियो ।

कम उमेरमै विवाह गर्न बाध्य

अधिकारकर्मीका अनुसार नोरा १६ वर्षको हुँदा उनका बुवा–आमाले काकाको छोरासँग बिहे गर्न बाध्य पारेका थिए । जस्टिस फर नोरा अभियानका सदस्यका अनुसार नोरालाई सन् २०१४ मा बिहेको साम्झौता पत्रमा जबरजस्ती हस्ताक्षर गर्न लगाईएको थियोे । बिवाह हुनुभन्दा केही दिन अघि उनी पूर्वी सुडानमा एक नातेदारकहाँ भागेर गईन् ।

उनका बुबाले जुक्ति लगाएर उनलाई श्रीमानको घर फर्काए । उनी श्रीमानको घरमा गएको ६ दिन पछि यौन सम्पर्क गर्न नमाने पछि उनी बलात्कृत भईन् । परिवारको सहयोगमा उनलाई घोप्टो पारेर श्रीमानले निर्मम बलात्कार गरे ।

अर्की एक जना अधिकारकर्मी सारा एल हसनले भनिन्, ‘सायद ती किशोरीले त्यो मान्छेसँग कहिल्यै यौन सम्पर्क गरेकी थिईनन् । उसले केही मान्छेलाई खरिद गर्यो, घरमा ल्यायो र नोरालाई घोप्टो पारेर ती मानिसहरुले बेस्सरी समाते र उसले अमानवीय तरिकाले बलात्कार गरिरह्यो ।’

जब नोरालाई फेरि पनि त्यसैगरी बलात्कार गर्न प्रयत्न गरियो तब उनले अत्मरक्षाका लगि हमला गरिन् र उसको मृत्यू भयो । त्यसपछि नोरालाई प्रहरीको जिम्मा लगाईयो ।

‘हामी बाँकी १५ दिनसम्म हुसिनलाई न्याय दिलाउन अपिल गरिरन्छौं र सोहि अनुसार काम पनि गरिरहेका छौं । सायदै केही हाँसिल गरिएला भन्ने आशा कायमै छ । नोरा वैवाहिक जीवनसँग सम्बन्धित अनेक समस्याहरुसँग जुधिरहेकी थिईन्’ हुसिनका एक जना कानूनी सहयोगीले भनिन् ।

‘सुडानमा नोरा जस्तै जबरजस्ती बालविवाहमा पर्ने बालिकाहरु धेरै छन् । जसलाई अधिकारकर्मीहरुले रोक्न प्रयत्न गरिरहेका छन् । कानुनले न त यसलाई गैर कानुनी देख्छ न त वैवाहिक बलात्कार हो भनी स्विकार गर्दछ’ हबानीले भनिन् ।

उनले थपिन्, ‘नरुचाईएको व्यक्तिसँग परिवारले जबरजस्ती विवाह गरिदिएकोले नोरा धेरै हिंसा सहन बाध्य भईन् । उनलाई कुटपिट गरेरै उनको विवाह घरमा पुर्याईयो । अपराध गर्नु अघि उनी हिंसा पीडित थिईन त्यसैले पनि उनलाई मृत्युदण्ड दिन हुँदैन् ।’

स्रोत : अलजजिरा

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: