१० महिनामा १ सय १५ किशोरी आमा बने


प्रकाशित मिति :2018-05-20 13:28:13

–कृञ्जला पुलामी–

सिन्धुली । सिन्धुलीमा २० वर्ष नपुगी आमा बन्नेको संख्या बढ्दै गइरहेको छ । बालविवाहका कारण किशोरावस्थामै आमा हुनेको संख्या बढ्दै गएको हो ।

वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो क्रममा रहेको जिल्ला अस्पताल सिन्धुलीको तथ्यांकबाट देखिन्छ । यही चालु वर्षको १० महिनामा मात्रै १ सय १५ जना किशोरी आमा बनेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

जिल्ला अस्पताल सिन्धुलीको प्रसूति कक्षको तथ्यांकले २० वर्ष नपुग्दै आमा बन्नेहरूको संंख्या बढी मात्रामा रहेको जनाएको छ । नेपालको कानुनले २० वर्ष नपुगी विवाह गर्न नपाइने भने पनि जिल्लामा २० वर्षमुनी आमा बन्नेहरू अत्यधिक मात्रामा रहेको उल्लेख यही तथ्यांकबाट प्रष्ट हुन्छ ।

जिल्ला अस्पतालको तथ्यांकमा २०७४ सालको साउन महिनादेखि २०७५ वैशाख पहिलो हप्तासम्ममा १ सय १५ जना किशोरीहरू आमा बनेका छन् । उक्त तथ्यांकमा श्रावण महिनामा १५ जना, भदौमा १७, असोजमा १६, कार्तिकमा १०, मंसिरमा १३, पुसमा ११, माघदेखि वैशाख पहिलो हप्तासम्ममा ३३ जना किशोरीहरू प्रसूति सेवा लिन अस्पताल आएको देखिएको छ ।

यो त जिल्लामा सञ्चालित एक मात्र प्रसूति केन्द्रको विवरण हो । जिल्लामा २३ वटा बर्थिङ सेन्टरहरू सञ्चालनमा छन् । ती संस्थाहरूको तथ्यांकलाई समेत हेर्ने हो भने २० वर्ष नपुग्दै आमा बन्नेहरूको तथ्यांक धेरै रहेको अस्पताले जनाएको छ ।

बालविवाह प्रमुख कारण

सानै उमेरमा आमा बन्नेको संख्या हेर्दा जिल्लामा बाल विवाह समस्याकै रुपमा देखिन्छ । तर हालसम्म जिल्लामा बालविवाहको उजुरी भने कुनै पनि निकायमा आउने गरेको छैन । अस्पतालको तथ्यांकका आधारमा जिल्लामा बालविवाह गर्नेको संख्या पनि ठूलो रहेको देखिन्छ ।

यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा भने हालसम्म बालविवाह सम्बन्धीका एउटा मात्र उजुरी परेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

केही समय अगाडि मात्रै जिल्लामा पहिलोपटक बालविवाह सम्बन्धी एउटा जाहेरी दर्ता भएको उनले बताए ।

सामाजिक संस्कार तथा जनचेतनाको अभावका कारण सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण भेगमा बालविवाह समस्याका रुपमा देखिएको उनले बताए ।

कानुनत दण्ड सजाय हुने त्रासले पनि यस्ता उजुरी प्रहरीसम्म नआईपुग्ने प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ ।

बालविवाह विरुद्ध काम गर्ने संघसंस्थाले बालविवाह न्यूनिकरण भएको दाबी गरिरहे पनि अवस्था उस्तै रहेको अस्पतालको तथ्यांकबाट प्रष्ट हुन आउँछ ।

कम उमेरमा विवाह गरेर किशोरी आमा बन्नुमा अन्धविश्वास र सामाजिक परम्परा प्रमुख कारणका रुपमा देखिएको छ ।

सामाजिक संस्कार तथा मूल्य मान्यताका कारण यसमा प्रत्यक्ष असर परेको सरोकारवालाहरू बताउँछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: