तीन वर्षमा एक सय ३९ महिला हराए


प्रकाशित मिति :2018-05-20 14:18:00

–एसबी जेरो–

ओखलढुंगा । ओखलढुंगाबाट तीन वर्षको अवधिमा दुई सय तीन मानिस हराएका छन् । आर्थिक वर्ष २०७२\२०७३ देखि चालु आर्थिक वर्ष २०७४\२०७५ सम्म दुई सय तीन मानिस हराएका हुन् ।

तीन वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयमा बेपत्ता तथा हराएका व्यक्तिका आफन्तले खोजीका लागि दिएको निवेदन अनुसार दुई सय तीन व्यक्ति हराएको थाहा भएको हो ।

हराउनेमा महिला बढी

हराएका मध्ये सबै भन्दा बढी महिला तथा बालबालिका रहेका छन् । तीन वर्षमा एक सय ३९ महिला हराएको उजुरी परेको छ । सबै भन्दा बढी आर्थिक वर्ष २०७२\२०७३ मा ५५ जना महिला हराएका छन् । त्यसै गरी आर्थिक वर्ष २०७३\२०७४ मा ५२ र आर्थिक वर्ष २०७४\२०७५ मा ३२ महिला हराएको प्रहरीमा उजुरी दर्ता भएको छ ।

हराएका महिलाहरू १८ वर्षदेखि ६६ वर्षसम्मका छन् । अधिकांश विवाहित महिला हराएको उजुरी परेको प्रहरीले जनाएको छ ।

दोस्रोमा बालबालिका

प्रहरीमा परेको उजुरी अनुसार तीन वर्षमा ४१ जना बालबालिका हराएका छन् । सबैभन्दा बढी १५ जना बालबालिका आर्थिक वर्ष २०७२\२०७३ मा हराएका छन् । त्यसै गरी आर्थिक वर्ष २०७३\२०७४ मा १२ र चालु आर्थिक वर्षमा १४ जना बालबालिका हराएका छन् ।

हराएका मध्ये बालक भन्दा बालिकाको संख्या बढी छ । तीन वर्षको अवधिमा २१ जना बालिका हराएको उजुरी प्रहरीमा परेको छ । हराएका बालबालिकाको उमेर १३ देखी १६ वर्षसम्मको छ ।

यी हुन् हराएका बालिका

तथ्यांक अनुसार सिद्धिचरण नगरपालिका ९ की १४ वर्षीया रिता खड्का, मानेभन्ज्यांग ९ की १५ वर्षीया मैया सार्की, मोलुङ्ग गाउँपालीका ४ की १५ वर्षीया रेनुका घिमिरे हराएको आफन्तले प्रहरीमा उजुरी दिएका छन् ।

त्यसै गरी मोलुङ्ग गाउँपालिका २ की १६ वर्षीया मञ्जु विक, चिशंखुगढी गाउँपालिका १ की १६ वर्षीया उषा मगर र खोटाङ्की १६ वर्षीया उमा राई हराएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी आएको छ ।

हराएका बालक

यो अवधिमा २० बालक हराएका छन् । आर्थिक वर्ष ०७३\०७४ मा ४, आर्थिक वर्ष ०७४÷०७५ र आर्थिक वर्ष ०७२÷०७३ मा आठ–आठ जना बालक हराएका छन् ।

लिखुगाउँपालीका ३ का १३ वर्षीय सुरेन्द्र खड्का, सुनकोशी गाउँपालीका ९ का ११ वर्षीय कुसाङ्ग तामाङ्ग, चिशंखुगढी गाउँपालिकाका १३ वर्षीय अर्जुन घिमिरे हराएको प्रहरीमा उजुरी आएको प्रहरी हवल्दार चौधरीले बताए ।

उनका अनुसार मोलुङ्गगाउँपालिका वाड नं. २ एउटै वडाबाट चार जना बालक हराएको उजुरी कार्यालयमा दर्ता भएको छ । एउटै वडाका १० वर्षीय रबिन विक, १० वर्षिय नकुल राई, १३ वर्षीय मन्दिप राई र १५ वर्षीय सिजन राई हुन् ।

हर्कपुरको जलजलेश्वर विद्याश्रममा अध्ययनरत दैलेखका १२ वर्षीय नविन दाहाल पनि हराएका छन् ।

हराएका अधिकांश बालकहरू घरबाट भागेर काठमाडौं लगायतका शहरमा कामका लागि पुगेको हुन सक्ने प्रहरीको अनुमान छ ।

२३ पुरुष हराए

यस्तै यो अवधिम २३ पुरुष हराएका छन् । आर्थिक वर्ष ०७२\०७३ मा आठ आठ जना जना र आर्थिक वर्ष ०७३\०७४ मा जिल्लाका विभिन्न स्थानबाट सात जना पुरुष हराएका छन् ।

फेला पर्नेको संख्या न्युन

हराएका मानिसहरू मध्य फेला पर्नेको संख्या अति न्युन छ । करिब २६ प्रतिशत मानिस मात्रै फेला परेको जानकारी प्रहरीमा आएको छ । तीन वर्षमा २ सय ३ मानिसहरू हराएकोमा अहिलेसम्म ५१ जना मात्र फेला परेका छन् । एक सय ५२ जना मानिस अझैं हराईरहेका छन् ।
यति धेरै संख्याका मानिस हराएको नभई उजुरी गर्ने क्रम बढेको तर हराएका भनिएका मानिस फेला परे पछि प्रहरीमा पुनः जानकारी नगराउदा हराउनेको संख्या धेरै देखिएको प्रहरीको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: