ललितपुर । भेनेजुयलामा बढ्दो संकटका कारण महिलाहरु छिमेकी देशमा प्रवेश गर्ने क्रम तीब्र भएको छ । खासगरि गर्भवती महिलाहरु राम्रो स्वास्थ्य सेवा र सुरक्षका लगि ब्राजिल प्रस्थान गरिरहेका छन् ।
ब्राजिलको रोरैमा शहरमा स्वास्थ्य सेवाको माग २०१५ देखियता ३ हजार ५०० प्रतिशतले बढेको तथ्याङ्क छ । यरिलीन र रिचार्ड भेनेजुयला बाट आएका हुन् । खाद्यान्न र औषधी अभावका कारण उनीहरुले देश छोड्ने निधो गर्नुपरेको हो । जब ती दम्पती भनेजुयलाको सीमा पार गर्दै थिए त्यतिबेला यरिलीन ८ महिनाकी गर्भवती थिईन् ।
उनीहरु खाली हात आए र यूएनले खडा गरेको शरणार्थी शिविरमा एउटा पालमा बसे । भेनेजुयलाबाट ब्राजिलमा बच्चा जन्माउन आउने सयौं मध्ये यरिलीन एक हुन् ।
दैनिक ८ सय भन्दा बढी भेनेजुयलीहरु उत्तरी ब्राजिलमा आउने गर्दछन् । ब्राजिलको बेआ भिस्टा शहरमा ५० हजार भेनेजुयलाका नागरिक छन् जो तथ्य उक्त शहरको जनसंख्याको १५ प्रतिशत हो ।
तिनीहरु ब्राजिल पस्दा केवल आफ्ना कपडा र केहि बन्दोबस्तीका समान मात्रै बोकेर आउने गर्दछन् । यहि बाट उनीहरुको नयाँ जीवनको सुरुआत हुन्छ ।
‘भेनेजुयलामा दिनमा एक छाक मात्रै खाएर दिन गुजार्न बाध्य हुन्थ्यौं । कहिले काँही त टमाटर अथवा सलादसँग मात्र भात खाएर बस्नुपथ्र्यो । त्यति मात्रै हैन, एक महिनादेखि त मलाई रक्तअल्पता भएको छ किनकी मैले राम्रो भिटामिन तथा आईरनयुक्त खानेकुरा खान पाईन’ यरिलीन बताउँछिन् ।
उनले गर्भावस्थामा आवश्यक औषधी पनि पाईनन् । त्यसैले उनीहरु भेनेजुयला छोडेर ब्राजिल आए । उनीहरु भन्छन, ‘अब त घर फर्किएर बच्चा जन्माउने न कुनै आधार न स्रोत छ ।’
ब्राजिलको रोरैमा शहरको एक मात्र प्रसूती गृहमा बच्चा जन्माउने भेनेजुयलाका महिलाको संख्या २ सय २८ प्रतिशतले बढेको छ । ब्राजिलका प्रसूती गृहमा जन्मिएका बच्चालाई ब्राजिलको नागरिकता दिने सम्भावना ज्यादा हुन्छ ।
यरिलीन र रिचार्ड बच्चा जन्मिएको २४ घण्टा पछि स्वस्थ शिशु च्यापेर खुसी हुँदै घरमा अर्थात् शरणार्थी शिविरमा फर्किन्छन् । तर पनि उनीहरु नवजात शिशुको अवस्था र शिविरको जीवन कस्तो हुने हो भन्ने पिर गरिरहन्छन् ।
उनीहरु भन्छन् ‘गर्मी धेरै छ, वर्षा पनि उत्तिकै भैरहेको छ । मच्छडले त झनै आतङ्क मच्चाईरहेका छन् । तैपनि यो भेनेजुयलाको तुलनामा धेरै राम्रो र सुविधाजनक ठाउँ छ । तर पनि हामीलाई आफ्नो देशको धेरै चिज गुमाएको जस्तो लाग्छ । र, देशको माया लागिरहन्छ ।’
स्रोत : बीबीसी
Comment Here!