समावेशी आवाजसहित सगरमाथा आरोहण गर्ने दिकी पहिलो नेपाली


प्रकाशित मिति :2018-05-20 17:43:43

–महिला खबर–

ललितपुर । ‘लैंगिक समानताको लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने नाराको साथ दिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छन् ।

महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने संस्कारलाई बदल्दै नारी पनि पुरुष सरह क्षमता देखाउन सक्छन् भनेर प्रमाणित गर्न दिकी बिहीबार बिहान ८ः३० बजे सगरमाथाको चुचुरोमा पुगेकी हुन् ।

उनलाई आरोहण सफल पार्न दोर्जे शेर्पा, दावा शेर्पा र आङ कामीले सघाएका थिए । समावेशी आवाजसहित सगरमाथा आरोहण गर्ने दिकी पहिलो नेपाली महिला बनेकी छन् ।

उनले पुरुष प्रधान सोचलाई परिवर्तन गर्दै महिला सशक्तिकरण अभियानका साथ सगरमाथा आरोहण गर्न सफल भएको बताइन् ।

उनले भनिन्, ‘मेरो आरोहणले पर्यटन मार्फत मुलुकको आर्थिक समृद्धीका रेखाहरु कोर्नका साथै लैंगिक समानतासहितको समावेशी राज्य व्यवस्था निर्माणमा भूमिका खेल्नेछ ।’

पर्यटन र साहसिक पर्यटनको क्षेत्रमा महिलाहरुको सहभागिता बढाउँदै आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा आम महिलाहरुलाई अघि बढाउन प्रेरित गर्ने हेतुले आरोहण गरेकाले आगामी दिनमा त्यसैमा केन्द्रित हुने उनले बताइन् ।

ओखलढुंगा घर भएकी शेर्पा २०४९ सालमा संखुवासभामा जन्मिएकी थिइन् । शेर्पा २०७० सालदेखि पर्यटन पथ प्रदर्शकको रुपमा पर्यटन क्षेत्रमा क्रियाशील छन् ।

पर्वतीय प्रशिक्षण प्रतिष्ठान तथा नाथुम कलेजबाट गाइड तालिम लिएकी दिकीले पर्वतारोहण सम्बन्धी आधारभूत तथा एड्भान्स तालिम पनि लिएकी छिन् । शेर्पाले पहिलो पटक सन् २०१७ मा ६ हजार ४ सय मिटर भन्दाअग्लो मेरा पिक र ५ हजार ९ सय २५ मिटर अग्लो राम्दुङ पिकको समेत सफलता आरोहण गरिसकेकी छन् ।

त्यसैगरि २०१७ मा संसारको आठौं अग्लो हिमाल मनास्लु (८१६३ मि.) समेत सफल आरोहण गरिसकेकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: