फोटो पत्रकार पूर्णिमा सगरमाथा आरोहण गर्न सफल


प्रकाशित मिति :2018-05-20 22:18:56

-महिला खबर- 
लतिलपुर । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ पहिलो पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएकी छिन् । श्रेष्ठले शनिबार बिहान ८.१० बजे सगरमाथाको शिखर चुमेकी हुन् । सफल आरोहणसँगै श्रेष्ठ सर्वोच्च शिखरमा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बनेकी छिन् । पूर्णिमा फोटो पत्रकार क्लबको सदस्य समेत हुन् ।

आरोहण गर्ने क्रममा फोटो पत्रकार श्रेष्ठले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरो सम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनी समेत गरेकी थिइन् ।

गोरखा जिल्लाको आरुघाटमा जन्मिएकी २६ वर्षीय श्रेष्ठले यसअघि २६ सेप्टेम्बर २०१७ मा ८ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल समेत सफल आरोहण गरिसकेकी छिन् ।

फोटो हेर्नुहोस्

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: