स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा कल्पना आचार्य


प्रकाशित मिति :2018-05-21 16:51:26

–महिला खबर–

काठमाडौं । स्वास्थ्य पत्रकार मञ्चको तेस्रो अधिवेशनले हेल्थ टेलिभिजन अनलाइनकी प्रधान सम्पादक कल्पना आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।

स्वास्थ्य विधामा कार्यरत पत्रकारहरूको साझा संस्था मञ्चको शुक्रबार सम्पन्न अधिवेशनले आचार्यको नेतृत्वमा दुई वर्षका लागि ११ सदस्यीय कार्य समिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा गोरखापत्र दैनिकका सरोज ढुङ्गेल महासचिवमा नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपाने सचिवमा कान्तिपुर साप्ताहिकका भिषा काफ्ले कोषाध्यक्षमा हाम्रो डक्टर डटकमका उद्धव भेटवाललाई चयन गरेको छ । यसैगरी सदस्यहरूमा निर्वाचित हुनेमा देशसञ्चारकी दीपा दाहाल अनलाइन खवरकी, ऋचा अर्याल न्युज २४ टेलिभिजनकी रिया भण्डारी सौर्य दैनिककी यशिमा महत र रातोपाटीकी अञ्जु तामाङ रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष आचार्यले मंच स्वास्थ्यका क्षेत्रमा कलम चलाउने सम्पूर्ण पत्रकारको साझा संस्था भएकाले सबैलाई समेटेर अघि बढने बताइन । साथै उनले स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशिल भएकाले स्वास्थ्यमा कलम चलाउने पत्रकारहरू अझ बढी जिम्मेवार हुनुपर्ने भन्दै उनीहरुको क्षमता अभिवृद्धिमा मंच लागिपर्ने बताइन् ।

महिलाले नेतृत्व गरेको कार्यसमितिमा पचहत्तर प्रतिशत भन्दा बढी महिला पत्रकार रहेको यो पहिलो व्यावसायिक संस्था बनेको छ ।।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: