महिला हिंसा निर्मूल पार्न कानून प्रभावकारी बनाउने


प्रकाशित मिति :2018-05-21 17:27:05

– महिला खबर
ललितपुर । सरकारले बलात्कार, यौन शोषण तथा मानवबेचविखन निर्मूल पार्न कानून प्रभावकारी बनाउने नीति ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएकी हुन् ।

त्यसैगरी सरकारले महिला हिंसाको प्रमुख कारकको रुपमा रहेको अशिक्षा, पछौटेपन पनि हटाउने नीति लिएको छ ।

बालविवाह, तिलक, दाईजो लगायतका सामाजिक कुरितीको पनि अन्त्य गरी महिला माथिको हिंसा निर्मूल गर्ने नीति लिएको छ । महिला सशक्तिकरणका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई थप प्रभावकारी बनाउने नीति पनि लिएको छ ।

राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय तहसँग समन्वय गरी आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने समेत जनाइएको छ ।

त्यसैगरी समान कामको समान ज्याला, बालश्रम निषेध, एकीकृत सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन लगायतका नीति तथा कार्यक्रम सरकारले लिएको छ ।

सरकारको नीति तथा कार्यक्रममा सामाजिक न्यायको साथै बहुसंख्यक कृषि, उद्यम तथा आर्थिक उन्नतीका कार्यक्रमहरु समेटिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: